जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा जीप दुघर्टना हुँदा दुई जनाको मृत्यु भएको छ । बारेकोटबाट खलंगा तर्फ आउदै गरेको भे १ ज ९८७ नम्बरको जीप नलगाड ५ को गेरेनी भीरमा मंगलवार दिउसो दुघर्टना हुँदा दुई जनाको ज्यान गएको हो । दुघर्टनामा परि ५ जना घाइते भएका छन् ।

खारा–गेरेनी सडक खण्डको गेरेनी भन्ने ठाँउमा दुर्घटना हुँदा बारेकोट गाँउपालिका २ कि ३२ बर्षिय शान्ति रोकाय र ५४÷५५ बर्षको देखिने जुम्ला गोठिचौर १ मनिसाघु निवासी मंगल महतारा भएको प्रहरीले जनाएको छ । घाईतेको इलाका स्वास्थ्य कार्यालय दल्लीमा उपचार भैरहेको छ । घाइते पाँच मध्य चार जनाको अवस्था गंभिर रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । स्थानिय बासिन्दा सम्मान रावलका अनुसार महतारा जाजरकोटमा जडिबुटी ब्यापारीको रुपमा आएका थिए । गाडी सडकमै पल्टिएको पल्टिएको उनले बताए ।


मृत्यु भएकी महिलालाई जीपको झ्यालको सिसाले टाउको काटेको छ भने महतारालाई गाडीले किचेको छ । गाडीको व्रेक फेल हुँदा खाल्डा खुल्डी र भिरालो सडकमा तीन चार पटक गाडी पल्टिएर दुर्घटना भएको प्रहरी प्रमुख थापाको भनाई छ । यो कच्चि सडक गत बर्ष मात्र संचालनमा आएको हो । घटना स्थल सदरमुकाम खलंगा देखि ४५ किलोमिटरको दुरीमा पर्छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad