टुकमाया घर्ती । जाजरकोट
लागुऔंषध र जनावरको छाला सहित जाजरकोटमा दुई जना प्रकाउ परेका छन् । जिल्लाको बारेकोट गाउँपालिका वडा नं.४ मैनामा बस्ने वर्ष .४३ बर्षिय गणेश बहादुर बस्नेत र सोही ठाउँका २० बर्षिय हस्त बहादुर बस्नेतलाई प्रहरीले लागु औषध (चरेश) र जनावरको सुकेको छालासहित प्रकाउ गरेको हो ।
अवैध रुपमा बिक्री बितरण गर्ने भनि पाँच वटा पोका भित्र लागु औषध(चरेश) जस्तो देखिने कालो पदार्थ जम्मा तौल १३४ ग्राम, पुच्छर देखी टाउको सम्म २ फिट १० ईन्च लम्बाई भएको ओंत जस्तो देखिने जनावरको चारैवटा खट्टा सहितको पुरै छाला बरामत गरिएको प्रहरीले जनाएको छ ।
भेरी नगरपालिका वडा नं.१२ बारेला स्थित मुम्बई रिटन चाईनिज कर्नरमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सुचना आधारमा उनीहरुलाई प्रकाउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताए । दुवैजनालाई पक्राउ गरी सम्मानित जाजरकोट जिल्ला अदालत बाट म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।