घरेलु मदिरा नष्ट अभियानमा प्रहरी

राजेन्द्र कार्की । जाजरकोट

जिल्ला प्रहरी कार्यालय जाजरकोटले अवैध घरेलु मदिरा विरुद्ध अभियान नै थालेको छ । डेढ महिनाको अवधीमा प्रहरीले ठुलो परिमाणमा मदिरा बरामद गरि नष्ट गरिएको छ । गत साउन यता ६ हजार दुई सय २५ लिटर जाँड र तीन हजार ६ सय ६ लिटर घरेलु रक्सी बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।

मदिराकै कारण समाजमा हुने सामाजिक अपराध र विकृति विसंगति हुने भएकोले मदिरा विरोधी अभियान थालिएको हो । जिल्ला सदरमुकाम खलंगाका साथै जिल्लाका गर्खाकोट, थालारैकर, रिम्ना, जगतिपुर, पाँचकाटिया, पैक, लिम्सा, थर्पुभार्मा लगायतका ठाँउका प्रहरी युनिटहरुले जिल्लाका विभिन्न स्थानमा मदिरा नष्ट गरेका हुन् ।प्रहरीले एक सय १० केजी जाँड बनाउने औषधी र १९ थान मदिरा बनाउने भाँडा समेत बरामद गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकमार थापाले बताए ।

bhumi-sanrakshyan

समाजमा घटि रहेका विभिन्न किसिमका सामजिक अपराध, विकृती, बेथितीका साथै विभिन्न किसिमका जघन्य तथा गम्भीर प्रकृतिका अपराधका घटना हुनुमा घरेलु मदिराको प्रमुख हात रहेको प्रहरी नायव उपरिक्षक थापाले बताए । जिल्ला प्रहरी प्रमुख डिएसपी थापाले अपराधको एक कारण मानिएको अवैध घरेलु मदिरालाई नियन्त्रण गर्दा समाजमा शान्ती सुरक्षा कायम गर्न टेवा पु¥याउनुका साथै अपराध रोकथाम तथा न्युनिकरण एवं सामाजिक हितको लागी समेत महत्वपुर्ण योगदान पुग्ने बताए ।

घरेलु मदिरा जहाँ तही पाइने र सस्तो पनि पर्ने भएकोले धेरैको पहुँचमा हुन्छ । जसले गर्दा घरेलु हिंसा र समाजमा चोरी डकैती तथा झै झगडा हुने भएकोले यसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान नै थालेको छ । साउन यता मात्र करीव १० हजार लिटर घरेलु महिराजन्य पदार्थ बरामत गरि नष्ट गरेका छौ । यो अभियान जारी छ प्रहरी प्रमुख थापाले भने ‘प्रहरी सवै युनिटलाई स्थानिय आमा समुह, सामुदायिक प्रहरी, समाजसेवी लगायत सँग सहकार्य गरेर मदिरा विरोधी अभियान अघि बढाउन निर्देशन दिईएको छ ।’

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya