घाइते घोरलको उद्धार गरि उपचार गरिदै

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा एक घाइते घोरलको उद्धार गरि उपचार गर्न थालिएको छ । जिल्ला सदरमुकाम नजिकै भेरी नगरपालिका ४ मुलपानी जंगलमा घाइते अवस्थामा रहेको घोरललाई स्थानियले समातेर डिभिजन बन कार्यालय जाजरकोटमा बुझाएका थिए ।


डिभिजन बन कार्यालयले पशु प्राविधिकहरुलाई बोलाएर घोरलको उपचार थालेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका पशु चिकित्सक डाक्टर शुशिल ऐरे नेतृत्वमा घोरलको उपचार गरिएको पशु प्राविधिक (अधिकृत छैटौं) धनबहादुर विकेले बताए । घोरलको ड्रेसिङ्ग गरेर दुखाई कम गर्ने इन्जेक्सन दिईएको बताउँदै उनले कम्तिमा तीन दिन जति उपचार गरेपछि घोरल पुर्णरुपमा निको हुने र त्यसपछि जंगलमै छोड्ने तयारी भएको बताए ।

क्याप्सन ः घाइेते घोरलको उद्धार गरि उपचार गदै जाजरकोटका पशु प्राविधिकहरु तस्वीर सौजन्यः धनबहादुर विके

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad