मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको निधन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

मोटर साईकल दुर्घटनामा जाजरकोटमा एक स्वास्थ्यकर्मीको निधन भएको छ । भेरी नगरपालिका–९ झुप्राखोला नजिकैको भीरमा मोटर साईकल दुर्घटना हुदा आधारभुत स्वास्थ्य केन्द्र बुरुङ्गेमा कार्यरत सिनियर अहेव गोपाल कार्कीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दोस्रो चरणको कोभिड–१९ को भ्याक्सिन लिन अहेव कार्की भुर पोखरा स्थित स्वास्थ्य चौकीमा बुधबार पुगेका थिए । भ्याक्सिन सहित मोटर साईकलमा सवार गरी रहेका कार्की झुप्राखोला नजिकैको भीरमा दुर्घटनामा परी मृत्यु भएको हो । मोटर साइकल बाटोबाट करीव पाँच सय मिटर तल खोलामा खसेको थियो ।

भेरी नगरपालिका–८ निवासी कार्की बुरुङ्गे स्थित स्थानिय आधारभुत स्वास्थ्य सेवा केन्द्रका ईन्चार्ज हुन् । बुरुङ्गेमा विहिवार दोस्रो चरणको कोभिड–१९ भ्याक्सिन लगाउने कार्यक्रम रहेको थियो । स्वास्थ्यकर्मीको निधन भएपछि खोप कार्यक्रम समेत प्रभावित भएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad