April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

जाजरकोटमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा अवैध भरुवा बन्दुक सहित एक युवक पक्राउ परेका छन् । जिल्लाको नलगाड नगरपालिका १० का ५६ बर्षिय मोेहन वि.क. एकनाले भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय रग्दाबाट गएको प्रहरीको गस्ती टोलीले वि.क.लाई उनकै घरबाट पक्राउ गरिएको हो । विषेश सुचनाका आधारमा घर नजिकै बाँदर हेर्ने भनि बनाएको कटेरोमा लुकाई छिपाई राखेको एकनाले खाली भरुवा बन्दुक र रातो प्लाष्टिकको झोला भित्र फलामको जस्तो देखिने सानो ठुलो १५ टुक्रा फेला पारी रीतपुर्वक बरामद गरि निजलाई कानुन बमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि अनुसन्धान गरिएको र उनलाई अवैध हातहतियार तथा खरखजना सम्बन्धी मुद्धा चलाईने थापाले बताए । यस अघि नलगाड ८ का वीरबहादुर पुनलाई गत सोमवार अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad