April 26 - 2024, Friday१३ बैशाख २०८१, बिहीबार

शसस्त्र प्रहरीको काँडेतार भित्र पशु अस्पताल !

राजेन्द्र कार्की । जाजरकोट

आफ्नै भवन र फराकिलो जग्गा हुँदाहुँदै पनि पशु अस्पताल तथा पशु सेवा कार्यालय शसस्त्र प्रहरीको काँडेतार भित्र खुम्चिएर बस्नु परेको छ । जनता सँग प्रत्यक्ष सम्पर्क र सम्बन्ध रहने कार्यालय दुई बर्ष देखि शसस्त्र प्रहरी बलको काँडेतार भित्र गुम्सिएर बस्नु पर्ने बाध्यता आइलागेको छ । भवन र ठाँउ अभावमा पशु अस्पताल संचालनमा आउन सकेको छैन ।

सदरमुकाम स्थित थाप्लेमा कार्यालयको नाममा सात रोपणी जमिन छ । उक्त जमिनमा पाँच ओटा भवन छन् । अरु सवै शसस्त्रले प्रयोग गर्न थालेपछि बाँकी रहेको एउटा भवनमा गुम्सिएर बस्नु परेको कार्यालयको भनाई छ । संघिय संरचना अन्र्तगत कार्यालयहरुको पुर्नसंरचना गर्ने क्रममा २०७४ सालमा जिल्ला पशु सेवा कार्यालय जाजरकोट खारेज गरेर पश्चिम रुकुम स्थित पशुपंक्षी विज्ञ केन्द्रमा गाभिएको थियो । तर सम्पर्क कार्यालयको नाममा केही कामकाज सोही अफिस बाट भैरहेको थियो ।

२०७४ सालमा सरकारले जाजरकोटमा शसस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने निर्णय गरिएको थियो । केही समय जिल्लाका अन्य ठाँउमा बसेपनि उपयुक्त ठाँउ नपाएको शसस्त्रलाई तत्कालिन जिल्ला सुरक्षा समिति र राजनैतिक दलको सहमतिमा तत्कालिन जिल्ला पशु सेवा कार्यालयमा बसाल्ने निर्णय गरिएपछि २०७६ असार देखि शसस्त्र प्रहरी बस्न थालेको हो । पुनः पशुपंक्षी सम्बन्धि कार्यालय जिल्लामा रहुन पर्ने आवाज उठेको र प्रदेश सरकारले समेत आवश्यकता महसुस गरेपछि पशु चिकित्सकको दरबन्दी सहित पशु अस्पताल तथा पशु सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिएको थियो । उक्त निर्णय पछि २०७६ साउन देखि नै कार्यालय संचालनमा आयो ।

उता शसस्त्रको कार्यालय स्थापना भैसकेको थियो भने पशु अस्पताल तथा पशु सेवा कार्यालय आफ्नो घर जग्गा छोडेर अन्यत्र जाने कुरै भएन सँग सँगै बस्दै गयौ । तर साह्रै गाह्रो भैरहेको छ पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले भने सुरक्षा पोष्ट बाहिर भित्र कार्यालय भएकोले सेवाग्राही र कार्यालयका कर्मचारी दुवैलाई समस्या भैरहेको छ । अहिले सम्म पशु अस्पताल समेत स्थापना गर्न सकेका छैनौ । पशुचौपायाको उपचार बाटोमै गर्ने गरेका छौ धेरै समस्या भयो उनले भने ‘ निकासका लागि धेरै ठाँउ पहल गरयौ तर सुनुवाई भएन । दुवै अफिस एकै ठाँउ हुँदैन तत्काल विकल्प खोज्नु पर्छ ।’

त्यसो त शसस्त्र प्रहरी गुल्म पनि सरकारी संस्था हो । राज्यले जहाँ ब्यवस्था गर्छ त्यही बस्ने हो । त्यतिवेला अफिस खालि थियो । सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त देखिएपछि त्यहाँ बस्यो । तर अहिले शसस्त्रलाई पनि दुवै कार्यालय सँगै बस्नुन पर्छा अफ्ठयारो लागि रहेको छ । एक सय ५० जना शसस्त्र प्रहरीलाई स्वभाविक रुपमा फराकिलो ठाँउ चाहिन्छ । तर अर्को कार्यालय सँग मिलेर बस्नु पर्दा धेरै गाह्रो भैरहेको शसस्त्र प्रहरी गुल्मका प्रमुख डिएस्पी नरेश भण्डारीले बताए ।

जिल्ला सुरक्षा समिति र राजनैतिक दलको सहमतिमै बसेका हौ । जहाँ ब्यवस्था हुन्छ त्यही बस्छौ । केही ठाँउहरु हेर्ने काम भएपनि सुरक्षाको दृष्ट्रिकोणले उपयुक्त नभएपछि गएका छैनौ । केही समय अघि राजनैतिक दल, स्थानिय सरकारका प्रमुख, सुरक्षा निकाय सहितको जुम बैठकबाट पशु कार्यालयलाई अन्य ठाँउमा सारेर अहिले बसिरहेको पशु सेवा कार्यालयकै जग्गामा शसस्त्रलाई बसाल्ने निर्णय भएको सुनाउँदै डिएस्पी भण्डारीले भने ‘यस बारेमा सम्बन्धित निकायमा आवश्यक जानकारी र पहल भैरहेको छ के निकास आउँछ त्यही गछौ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad