जाजरकोटमा शेर सिमाना कार्यक्रम सम्पन्न

lagu ausadhi biruddha abhiyan jajarkot

टुकमाया घर्ती । जाजरकोट

गजल पारखीले जिल्लाको छेडागाड नगरपालिका १२ मनघाटमा शेर सिमाना कार्यक्रम सम्पन्न गरेका छन् ।

छेडागाड नगरपालिकाको आर्थिक सहयोग, सल्यान कला साहित्य परिषदको आयोजना र जाजरकोटी साहित्य आवाजको समन्वयमा कार्याक्रम भएको हो । कार्यक्रममा चार जिल्लाबाट २० जना गजलकारले गजलवाचन गरेका थिए । जाजरकोट जिल्लाबाट जनक चन्द ऋतु,गणेश अनुपम, दिपेन्द्र सिहं पुस्कर पराग चन्द गजलवाचन गरेका थिए ।

सुर्खेतबाट रमेश चन्द कुसुम, मौसम जी भन्डारी, साबित्री स्वप्निल, घनश्याम रानाऋतु, सिर्जना खत्री थिए । सल्यानबाट सुनिल राना बिरही, इन्द्रा बस्नेत, डिल्ली राज केसी, टोप बहादुर घर्ती अनुरागी, ओमप्रकाश देवकोटा, सर्जकहरु थिए । रुकुम पुर्वबाट बिनोद खड्का, जमुना गौतम, शिशीर केसी, दिलिप बाबु खड्का, सिर्जना शर्मा रहेका थिए । सर्जकहरुले देशको राजनीतिक अवस्था माया प्रेम घर परिवारका,नारी पिडा,बलत्कार हत्या हिंसाका जल्दाबल्दा घटनालाई गजलबाट प्रस्तुतिकरण गरिएको थियो। कोभिडको महामारीले साहित्य क्षेत्रमा पनि असर परेको छ । कार्यक्रमको उद्घाटन ब्यानर पढेर छेडागाड नगरपालिका नगर प्रमुख लालबहादुर महतारा र उपप्रमुख सरीता वलीले गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न जिल्लाका श्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad