दश तस्वीरमा पाटन क्षेत्रको मनोरम दृष्य (फोटो फिचर)

lagu ausadhi biruddha abhiyan jajarkot

गोविन्दबहादुर सिंह, शब्द तथा तस्वीर । पाटन क्षेत्र

जाजरकोट र जुम्लाको सिमाना नजिक बारेकोट गाँउपालिकामा पर्ने पाटन यात्राका क्रममा देखिएका मनोरम दृष्यलाई क्यामरामा कैद गरिएको छ । बर्षात भैरहेको र कुहिरो लागिरहेकोले धेरै तस्वीर कैद गर्न सकिएको छैन । ठाकुर ज्यु मन्दिर, कुुकुर दह, शंख दह, देउराली पाटन, खेताली पाटन लगायतका पाटनमा फुलेका फुलहरु र त्यहाँकोे स्वच्छ सफा, मनोरम दृश्यावलोकन गर्न पाउँदा जो कोहीको मन पनि चंगा हुने गर्दछ । साउन भदौ पाटन क्षेत्रमा पदयात्राका लागि निकै उपयुक्त मानिन्छ ।

 

प्रकृति प्रेमी, धार्मिक साईकुवारी ठाकुरज्यु तिर्थस्थलका लागिआउनु हुने यात्रीका लागि खुसीको खबर साइकुवारी होटल । ठाडा पाटनमा
अब खान बस्नको लागि झोलामा भारी बोक्नु परेन । राम्रो ब्यबस्था छ ।

रुटः जाजरकोट सदरमुकाम पुग्नुहोस,सवारी साधन बाट नलगाड न.पा.को कालिमाटी हुँदै खारा सम्म जिप चल्छ।बाइक वा जिपबाट एक दिनमा बारेकोट पुगिन्छ।खलंगा बाट पांचकाटिया हानि सल्ला हुँदै बारेकोट पनि पुगिन्छ।बारेकोटबाट लाङ्ना बास बस्न होटल छन । अर्को दिन बिस्तारै हिडेर बिहानको खाना खान पुगिन्छ ठाडा पाटनको साईकुवारी होटलमा यदि बिस्तारै जानु भए पनि बेलुका पुग्न सकिन्छ । अर्को बाटो छ दह बाट दुनेला हुदै जान सकिन्छ तर ठाडो उकालो छ बाटो छोटो छ बारेकोट बाट एक दिन लाग्छ ।

सुपाकुना साईकुवारि पाटन

साइकुवारी होटलबाट पाटन सुरु हुन्छ । बुकि,फुल,पाटन,घोडि गाई भैंसी भेडा बाख्रा थुम्का ताल हेर्दै देउराली पाटन शंख दह हुदै कुकुर दह खेताली हुँदै ४ घण्टामा साइकुवारी ठाकुर ज्यु पुग्नु हुनेछ । फर्केर पुन होटलमा आनन्द लिनु होस । खान सुत्नको लागि राम्रो ब्यबस्थापन पुर्णिमा सम्मका लागि यात्रुका लागि सहजका लागि होटल खोलिएको छ । जंगलमा जुका लाग्ने भएका नुन,टिमुर,स्प्रिट,लाउदा झर्छन । यदि लेक लागि हालेमा बुकी चपाइ रस निल्नुहास अमिलो पिरो पानी खानुहोस । धेरै आराम हुन्छ । केही जानकारी लिनु परेमा बारेकोट गाउँ पालिकामा सम्पर्क गर्नु होला ।

ठाकुरजी साईकुवाँरी

शंख दह
पाटन
कुकुर दह
देउराली पाटन
शब्द तस्वीर, गोविन्द सिंह

 

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad