राजेन्द्र कार्की । जाजरकोट
पाँच दिन देखि बेपत्ता जाजरकोटको कुशे गाँउपालिकाका दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । कुशे गाँउपालिका ५ दमदालाका ४८ बर्षिय जीतबहादुर थापा र ५६ बर्षिय शाहीमल नेपाली मृत अवस्थामा फेला परेका हुन् ।
घर देखि आधा घण्टाको दुरीमा रहेको खेतमा काम गर्न गएका उनीहरु पाँच दिन देखि सम्पर्क विहिन थिए । कामबाट फर्किदै गर्दा खोला तर्ने क्रममा उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा शुक्रवार खेत देखि दुई सय मिटर तल खोलाको तिरमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । शवको पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउन थालिएको उनले बताए । घटनास्थल सदरमुकाम देखि ३० किलोमिटर टाढा पर्छ ।