टुकमाया घर्ती । जाजरकोट
लोकतन्त्रको संस्थागत विकासका लागि स्थानिय तहलाई सञ्चारको हक सुनिश्चित गर्न आग्रह गरिएको छ । । नेपालको संविधान २०७२ले नागरिकलाइ प्रदान गरेको सन्चारको हकको पुर्ण प्रत्याभुति दिन र सुचनाको हक सम्वन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा सघाउ पुग्ने गरि स्थानीय तहमा सन्चार नीति वनाउन उनीहरुले सुझाएका हुन् ।
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले सदरमुकाम खलंगामा आयोजना गरेको सन्चारको हक प्रवद्र्धनका लागि स्थानीय तहको भुमिका विषयक कार्यशालामा वोल्दै पत्रकारहरुले उक्त सुझाव दिएका हुन् । कार्यशालामा भाग लिदै पत्रकार तथा अन्य सरोकारवालाहरुले लोकतन्त्रको वलियो खम्वाको रुपमा रहेको पारदर्शिता र सुशासनलाइ प्रभावकारी रुपमा जनताका विच लिनका लागि स्थानीय सरकारहरुले मिडियामैत्री नीति निर्माण गर्ने र सन्चारको हकलाइ प्रवद्र्धन गर्ने गरि नीति योजना र रणनीतिहरु निर्माण गर्नु पर्नेमा उनीहरुको जोड थियो ।
नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष वालकुमार शर्माको अध्यक्षता र महासंघका केन्द्रिय कोषाध्यक्ष् कलेन्द्र सेजुवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित स्थानीय तहका प्रमुखहरुलाइ गाउँपालिकाका आगामी अधिवेसनहरुमा सन्चार नीति निर्माणका लागि पहल लिन उनीहरुले आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवाले संघीय शासनको सकरात्मक अनुभुति जनताइ हुने गरि सन्चार नीति तथा मिडियामैत्री कार्यक्रम लागु गर्ने तर्फ स्थानीय सरकारहरु लाग्नु पर्ने वताए । उनले नेपाल पत्रकार महासंघले संविधान कानुन र अन्य निकायहरुमा प्रेस स्वतन्त्रताको ग्यारेन्टीका लागि पटक पटक आन्दोलन गरेको स्मरण गराए ।
प्रेस स्वतन्त्रता पत्रकारका लागि मात्रै जनता नेता सवैका लागि आवस्यक भएकोले यस तर्फ सरकारमा रहेकाहरुले सकरात्मक भएर सोच्ने र सोहि अनुसार नीति वनाउने तर्फ लाग्नु पर्ने कोषाध्यक्ष्ँ सेजुवालले वताए । कार्यक्रमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भीमवहादुर सिंहले लोकतन्त्रको वास्तविक अनुभुति जनता सम्म पुरयाउन सरकारहरुले मिडियामैत्री व्यवहार र कानुनु निर्माण गर्नु पर्ने वताए ।
अर्का केन्द्रिय सदस्य दिपेन्द्र शर्माले देशको संविधान र कानुले गरेका व्यवस्थाहरुलाइ स्थानीय सरकारहरुले प्रभावकारी कार्यान्वयन तर्फ ध्यान दिनु पर्ने वताए । यस्तै कार्यक्रमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष् देवीराम देवकोटाले हाल सम्म स्थानीय तहहरुले सन्चार नीति तथा मिडिया सम्वन्धी नीति तथा कानुन् निर्माण तर्फ ध्यान नदिनु दुखद कुरा भएको वताइ ।
यस्तै नेपाल पत्रकार महासंघ ाजाजरकोट शाखाका पुर्व अध्यक्ष जनक केसीले संविधानले प्रदत्त गरेको सन्चारको हकको सकरात्मक र प्रभावकारी कार्यान्वयनका लागि सवै स्थानीय तहहरुले अग्रसरता लिन सके सुशासन र पारदर्शिताको पाटो वलियो वन्न सक्ने वताए ।
यस्तै अर्का पुर्व अध्यक्ष्ँ राजेन्द्र कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाइ मजवुत वनाउनु भनेको नै लोकतन्त्रको अनुभुति जनता सम्म पुरयाउनु भएकोले यस तर्फ सवै स्थानीय तहहरुले सुचना तथा सन्चार नीति निर्माणमा अग्रसरता देखाउनु पर्ने वताए ।
नागरिक अगुवा राजेन्द्रविक्रम शाहले कार्यक्रमा जनताको सुचनाको हकलाइ सुनिस्चित गर्ने गरि स्थानीय सरकारहरुले सन्चार नीति वनाउन जरुरी रहेको वताए । कुशे गाउपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले आफु सन्चार नीति निर्माण तथा मिडिया मैत्री व्यवहार प्रदर्शनका लागि सधैं तयार रहेको वताए ।
उनले कुशे गाउँपालिकाले पत्रकारहरुको पारिश्रमिक तथा मिडियाको विकासका लागि विशेष काम समेत गरिरहेको वताए । यस्तै भेरी नगरपालिकाका कार्यवहाक प्रमुख भावना भन्डारीले पत्रकारहरुको सुुझावलाइ आफुहरुले सकरात्मक रुपमा लिएको र आगामी अधिवेसनमा सन्चार नीतिको निर्माण तथा मिडिया विकासमा नगरपालिकाको तर्फवाट केहि गर्ने प्रतिवद्धता जनाइन् ।
कार्यक्रमको खुला सत्रमा भाग लिदै नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व सचिव हेमन्त केसी, पुर्व कोषाध्यक्ष तथा सल्लाहकार दीपवहादुर घर्ती, पुर्व उपाध्यक्ष लिला पौडेल, अधिवक्ता प्रकाशकुमार शाही, सामाजिक कार्यकर्ता प्रकाश चन्दले लोकतन्त्रको सुदृढिकरण र सुशासन प्रवद्र्धनका लागि स्थानीय सरकारहरुले मिडिया नीति निर्माण तथा सन्चारको हकको कार्यान्वयनमा विशेष भुमिका खेल्नु पर्ने सुझाव राखे ।
उनीहरुले मिडिया र पत्रकारीता पत्रकारका लागि नभइ जनता र लोकतन्त्रका लागि हो भन्ने कुरा स्थानीय सरकार र दलका नेताहरुले वुज्न जरुरी रहेको पनि वताए । नेपाल पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष सहदेव वस्नेतले स्वागत भाषण गरेर सुरु भएको छलफलयुक्त कार्यशालामा जिल्ला स्थित विभिन्न मिडियामा कार्यरत दुइ दर्जन वढी सन्चारकर्मी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।