बाख्रा वितरणको नक्कली विल पेश गरेर भुक्तानी लिएको खुलासा

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको जुनीचाँदे स्थित मेसु बाख्रापालन समुुहले नक्कली विल पेश गरेर भुक्तानी लिएको खुलासा भएको छ । आधा बाख्रा वितरण गरेर पुरै गरेको विल गराएर भुक्तानी लिएको खुलेको हो । मेसु बाख्रा पालन समुहले गत आर्थिक बर्ष उन्नत जातका बाख्रा वितरण गरेको नक्कली कागजात बनाएर भन्दै प्रदेश सरकारको २० लाख र गाँउपालिकाको ६ लाख रुपैया भुक्तानी लिएको हो ।

 

bhumi-sanrakshyan

उन्नत जातका बाख्रा भने बुधवार मात्र वितरण गरेको छ । यस अघि ६० बाख्रा र ५ बोका वितरण गरेर पुरै भुक्तानी लिएको समुहले स्थानियको दवाव र कार्यालयको ताकेतापछि थप ५७ बोएर जातका बाख्रा वितरण गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले बताए । कोरोना महामारीका कारण फिल्डमा जान पाएनौ । बाख्रा बाड्यौ भनेर विलभरपाई पेश गरे सोही अनुसार भुक्तानी दियौ तर ६५ बाख्रा मात्र बाँडेका रहेछन् । समुहले बदमासी गरेको थाह पाएपछि बाख्रा खरीद गर्न ताकेता गरेका हौ भक्रीले भने ‘बुधवार म आफै मेसु पुगेर गाँउपालिका उपाध्यक्ष शिवा बस्नेतको रोहवरमा ५७ बाख्रा वितरण गरेर आँए ।’

 

यस अघि समुहका अध्यक्ष हरिवहादुर बस्नेतले प्रवाह अनलाईनलाई एक सय ५० बाख्रा वितरण गरिएको झुटो विवरण दिएका थिए । ६५ ओटा लुते बाख्रा वितरण गरेर डेढ सय बाख्रा वितरण गरेको उनले दावी गरेका थिए । असार मसान्त भित्र सम्झौता अनुसार बाख्रा वितरण लगायत सवै काम सकेर भुक्तानी लिनु पर्ने हो तर कार्यालयको मिलेमतोमा नक्कली विलभरपाई गरेर भुक्तानी दिइएको हो । चौतर्फी दवाव नपरेको भए बाख्रा वितरण हुने थिएनन् । दवावकै कारण आर्थिक बर्ष सकिसकेपछि बाख्रा वितरण गरिएको हो । अनुदानको रकम यसरी दुरुपयोग गर्ने हुँदा पनि सम्बन्धित निकाय बेखवर जस्तै छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya