डोरीले बाँधेर किशोर कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

डोरीले बाँधेर अमानवीय तरिकाले कुटपिट गर्ने जाजरकोटको जुुनीचाँदे गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले विहिवार पक्राउ गरेको छ । वडाध्यक्ष नेपालीलाई पक्राउ गरे सदरमुकाम तर्फ ल्याउने काम भैरहेको निमित्त जिल्ला प्रहरी प्रमुख खुमानन्द पाण्डेले बताए ।

घटना स्थल सदरमुकामबाट करीव ८० किलोमिटर टाढा भएकोले सदरमुकाम पुग्न केही समय लाग्ला पाण्डेले भने ‘पिडितलाई पनि बोलाएका छौ । यस घटनालाई प्रहरीले गंभिर रुपमा लिएको छ । घटनाको छानवीन गरि कारवाही प्रक्रिया अघि बढ्छ ।’ वडाध्यक्ष नेपालीको धम्की र डरकै कारण सर्पेले अहिले सम्म घटना बारे कतै उजुरी दिएका छैनन् ।

bhumi-sanrakshyan

गत साउन १५ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा भष्ट्राचार गर्न पाईदैन भन्दै जाँड खाएर होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले सोही ठाउँका सर्पे दमाइ लाई डोरीले बाँधेर कुटपिट गरेका हुन् ।

सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँधेर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ‘सर्पेले वडाध्यक्षलाई भत्तामा अनियमितता गरेको आरोप लगाएका थिए, वडाध्यक्षले त्यही झोकमा कुटपिट गरे,’ एक प्रत्यक्षदर्शीले अन्नपुर्णलाई भने । घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई उल्टै आइन्दा यस्तो नगर्ने भन्दै माफी मगाएर कागज गराएर आमा चन्द्रा दमाईको जिम्मा लगाएका थिए ।

घटनालाई गाँउमै सामसुम पार्न खोजेको प्रहरीले मिडिया र अधिकारकर्मीको चर्को दवाव थेग्न नसकेपछि बल्ल विहिवार पक्राउ गरेको हो । पिडित सर्पे दमाइलाई पनि जाहेरी दिन लगाउने र घटनाबारे बुझ्नन सदरमुकाम बोलाइएको निमित्त प्रहरी प्रमुख पाण्डेले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya