कारितास नेपालले दियो २६ लाख बरावरको जाजरकोटमा स्वास्थ्य सामाग्री

lagu ausadhi biruddha abhiyan jajarkot

टुकमाया घर्ती । जाजरकोट

कारितास नेपालले जिल्ला कोभीड व्यवस्थापन समिति मार्फत जिल्ला अस्पताल जाजरकोट लाई २६ लाख बढीको कोभीड स्वास्थ्य सामाग्रीहरु हस्तान्तरन गरेको छ ।

जिल्ला अस्पताल जाजरकोटमा आइतवार आयोजित एक कार्यक्रमका विच कारितास नेपाल का क्षेत्रिय कार्यक्रम व्यवस्थापक जनक शर्मा ले कोभिड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद देवकोटा र जिल्ला अस्पताल जाजरकोटका डा. अमिन शाह लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।

क्याथोलीक रिलिफ सर्भीस ९ऋच्क्० को प्राविधिक सहयोगमा कारितास नेपालले जाजरकोटमा “नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१” कार्यक्रम अन्तरगत उक्त स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो ।

कार्यक्रममा भेरी नगरपालिकाका उप प्रमुख भावना भण्डारीले कारितास नेपाललले कोरोना महामारीको समयमा ठुलो मात्रामा गरेको सहयोगको प्रसंसा गरिन । साथै विपतको समयमा विगत देखी नै कारितासन नेपालले यस जिल्लामा सहयोग गरिरहेकाले यस मानविय सहयोगको लागि जिल्ला वासीको तर्फवाट समेत धन्यवाद गर्दछु उनले भनिन ।

कारितास नेपालका क्षेत्रिय कार्यक्रम व्यवस्थापक शर्माले आयोजनाले अक्सिजन सिलिन्डर २० थान, अक्सिजन कन्सन्टे«टर १० थान, पल्स अक्सिमिटर ३४ थान, माक्स १४७ थान, पिपिइ सेट,ग्लोवस चार सय ५० थान, सर्जिकल माक्स ५ सय १५बक्स, सर्जिकल ग्लोवस सय बक्स र स्यानिट्याइजर पाँच सय एमएलका २१० थान गरि जम्म २६ लाख ३२ हजार छ सय वरावरको सामग्री प्रदान गरिएको बताए ।
आयोजनाले कोभिडबाट प्रभावित वा अति जोखिममा परेका व्यक्ति तथा परिवारहरुलाई एक जना बराबर दुई हजार दुई सय बराबर जम्मा १२ लाख २५ हजार ४ सय ८५ बराबरको आइसोलेसन किट उपलव्ध गराउने छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद देवकोटाले कारितास नेपाल ले यस विपतको महामारीको वेलामा जिल्ला कोभिड व्यवस्थापन समिति मार्फत गरेको यस सहयोगले जिल्लामा कोभिड प्रभावित हुने वीरामीहरुका लागि ठुलो राहत मिल्ने बताए । साथै उनले कारितास नेपाल वाट जिल्ला अस्पताल जाजरकोटमा तिन जना स्वमंसेवक परिचालन गरि सेवा प्रवाह गरेकोमा धन्यवाद व्यक्त गरे ।

कोभिड महामारीको अवस्थालाई न्युनिकरण गर्ने, स्वास्थ्य संस्थाको क्षमता विकासमा सहयोग पु¥याउने, नागरिक सहायता कक्ष सञ्चालन गरि अस्पताल, होम आइसोलेसनमा रहेका बिरामी तथा उनीहरूको परिवारहरुलाई आवश्यक मनो–सामाजिक परामर्श प्रदान गरि बिरामीको स्वास्थ्य सुरक्षाको लागि होम आइसोलेसनमा बितरण गरिने कारितासको साझेदार संस्था युवा जागरण तथा पुर्नस्थापना केन्द्र यार्सन जाजरकोटका कार्यक्रम संयोजक सहदेव बस्नेतले बताए । साथै एफ.एम.रेडियोहरुबाट कोभिड १९ जोखिम न्युनिकरण सम्बन्धि जनचेतनामुलक सन्देश प्रशारण भैरहेको उनले बताए ।

सामग्री हस्तान्तरण कार्यक्रममा सुरक्षा निकायका प्रमुख, पत्रकार, नागरिकसमाज, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख हरुको सहभागिता रहेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad