राजेन्द्र कार्की । जाजरकोट
पोषणमा सुधार ल्याउने उद्देश्यले सरकारले ५ बर्ष मुनिका बालबालिकालाई दिदै आएकोे पोषण भत्ता आर्थिक बर्ष ०७७÷७८ को भेरीका चार वटा वडाका नौ सय २० बालबालिकाले नपाउने भएपछि अधिकारकर्मीले स्थानिय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
समयमा बैकमा रकम जम्मा नहुँदा भेरी नगरपालिकाका वडा नम्बर ४, ८, ९ र १० का नौ सय २० बालबालिकाको पुरै एक बर्षको ४७ लाख रुपैया बालपोषण भत्ता फ्रिज भएको छ । सामाजिक सुरक्षा भत्ता अन्र्तगत पोषण भत्ताको निकासा गत असार २७ गत आएको र नगरपालिकाले २९ गते सम्झौता बमोजिम एनआइसी एसिया बैकलाई पोषण भत्ताको ४७ लाखको चेक काटेर दिएपनि बैकको लापरवाहीले गर्दा चेक नसाटेर रकम फ्रिज भएपछि मानव अधिकार रक्षक सञ्जालले स्थानिय प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
अघिल्लो आर्थिक बर्षको चेक १५ दिन भित्र नसाटिए उक्त रकम निकाल्न नमिल्ने प्राबधान छ । सोही अनुसार अव उक्त रकम निकासा हुन असम्भव छ । कसको लापरवाहीले त्यतिधेरै बालबालिकाले पाउने पोषण भत्ता नपाउने भएका हुन् आवश्यक छानवीनका लागि स्थानिय प्रशासनको ध्यानाकर्षण गराउँछौ मानव अधिकार रक्षक संजालका सहसंयोजक विजया नगरकोटीले भनिन ‘बालबालिकाले पाउनु पर्ने बालपोषण भत्ता कुनै पनि बाहानामा बञ्चित गरिनु हुन्न । भत्ता पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो ।’ निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले यस सम्बन्धमा के भएको हो कसको कमजोरीले बालबालिका भत्ता पाउनबाट बञ्चित भए तत्काल छानवीन गरिने बताए ।
भेरीका १३ वडा मध्य नेपाल बैक लिमिटेड, राष्ट्रिय बाणिज्य बैक, सिटिजन्स बैक र एनआइसी एसिया बैकमा सामाजिक सुरक्षा भत्ता र पोषण भत्ताका लागि खाता संचालन गर्ने निर्णय गरिएको थियोे । एनआइसी एसिया बैक बाहेक अन्य बैकले बैक खाता खोली रकम निकासा लिएर सम्बन्धितलाई रकम भुक्तानी दिइरहेका छन् । तर एनआइसी एसिया बैकबाट कारोबार गर्ने निर्णय गरेका वडा नम्बर ४, ८, ९ र १० को पोषण भत्ताको रकम समयमा जम्मा नहुँदा बालबालिकाले भत्ता नपाउने भएका हुन् ।
तर पञ्जिकरण विभागले फर्मेट डेभलप गरेको हुन्छ त्यहीमा फरवाड सिटमा बैकले राखिदिने हो त्यति पनि नगरेपछि बैकको गल्ती नभएर कसको भो भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले भने ‘बैककै लापरवाहीले गर्दा रकम जम्मा नभएकोले जसरी पनि बैकले नै रकम तिर्नु पर्ने र बालबालिकालाई रकम दिनुपर्ने बताए । एनआइसी एसिया बैकको केन्द्रिय कार्यालय र पञ्जिकरण विभागमा कुरा गरेका छौ । बैकका कर्मचारी पनि आन्तिरिक छलफलमा छन् । भोली पर्सी भित्र सम्झौता अनुसार बालबालिकाले रकम पाउने सुनिश्चितता भएन भने कानुनी प्रक्रियामा अघि बढ्छौ जसरी पनि रकम असुल्छौ बालबालिकाले रकम पाउँछन् यसमा ढुक्क भए हुन्छ ।’