राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको जुनीचाँदे गाँउपालिका २ मा सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता ) वितरण गर्ने क्रममा एक बालकले जाँड खाएर गाली गलौज गदै ढुङ्गा प्रहार गर्न थालेपछि वडाध्यक्षको नेतृत्वमा अमानविय ब्यवहार गदै ति बालकलाई कुटपिट गरेको घटना बाहिरिएको छ । वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपाली सहितका केही महिलाले स्थानिय रंगे दमाईको १५ बर्षिय छोरा सर्पे दमाईलाई हातखुट्टा बाँधेर अमानविय ब्यवहार सहित कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि घटना सार्वजनिक भएको हो ।
गत साउन १५ गते भएको सो घटनामा ति बालकले रुदै कराउँदै यसो नगर्न हारगुहार गरेका छन् । कतिपयले यस्ता मुर्ख सँग लागेर हुन्छ भन्दै केही नगर्न आग्रह गरेपनि वडाध्यक्षले बालकलाई हातखुट्टा बाँधेर पुलिसलाई खवर गरेका थिए । इलाका प्रहरी कार्यालय पञ्चालाबाट गएको प्रहरीले बालक सम्झाइबुझाई छोडिदिएको निमित्त जिल्ला प्रहरी प्रमुख खुमानन्दा पाण्डेले बताए । उनले आफुलाई प्रहरीले कुटाई खाने ब्यक्तिको उमेर २२ बर्ष भनेर रिपोटिङ्ग भएको बताए । घटना अमानवीय भएको लागेपछि यस सम्बन्धमा विस्तृत बुझ्नका लागि पुनः टोली खटाएको पाण्डेले बताए । घटना सार्वजनिक भएपछि अधिकारकर्मीले अमानवीय तरिकाले गरिएको कुटपिटको विरोध गरेका छन् ।