दार्चुला घटनाको विरोधमा जाजरकोटमा प्रर्दशन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुला घटनाको विरोध गर्दै जाजरकोट सदरमुकाम खलंगामा प्रर्दशन गरेको छ । दार्चुलाका जयसिंह धामीको नदी तर्ने क्रममा भारतिय एसएसबीले तुइन काटेर हत्या गरेको विरोधमा जाजरकोटमा विरोध प्रर्दशन गरिएको हो ।

नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटेपछि नदीमा खसेर दार्चुलाका जयसिंह धामीको ज्यान गएको थियो । जयसिं धामी हत्या घटनाको छानविनको माग गर्दै विप्लव समूहले विरोध र्याली आयोजना गरेको हो ।

उनीहरुले भारतीय सामाज्यवाद मुर्दाबाद, सीमामा भारतीय ज्यादती बन्द गर, लिपुलेक, कालापानी हाम्रो हो , निहत्था नेपाली माथि भैरहेको हत्याहिसा बन्द गर दोषीलाई कारवाही गर लगायतका नारा लगाउँदै बजार परिक्रमा गरेका थिए । विरोध रयाली पछि गैरीखालीमा आयोजित कोण सभालाई सम्बोधन गदै विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इञ्चार्ज प्रेम चलाउनेले भारतीय विस्तारवाद नेपाली जनताको हत्यामा उत्रिएको भन्दै चर्को विरोध गरे । विरोध र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै चलाउनेले धामीको हत्याले राष्ट्रिय अस्मितामाथि नाङ्गो हस्तक्षेप भएको भन्दै सवै नेपालीले प्रतिरोध गर्नुपर्ने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad