लापरबाहीले भेरीका ९२० बालबालिकाले एक बर्षको पोषण भत्ता नपाउने !

राजेन्द्र कार्की । जाजरकोट

सम्बन्धित निकायको गंभिर लापरवाहीले गर्दा भेरी नगरपालिकाका नौ सय २० बालबालिकाले एक बर्षको पोषण भत्ता नपाउने भएका छन् । पोषणमा सुधार ल्याउने उद्देश्यले सरकारले ५ बर्ष मुनिका बालबालिकालाई दिदै आएको आर्थिक बर्ष ०७७÷७८ को पोषण भत्ता भेरीका चार वटा वडाका बालबालिकाले नपाउने भएका हुन् । तर धेरै बालबालिका अझै पोषण भत्ता पाउने आशमा छन् ।

समयमा बैकमा रकम जम्मा नहुँदा भेरी नगरपालिकाका वडा नम्बर ४, ८, ९ र १० का नौ सय २० बालबालिकाको पुरै एक बर्षको करीव ४७ लाख रुपैया फ्रिज भएको छ ।  भेरी नगरपालिका वडा नम्बर ४ का एक सय ३९ जना, वडा नम्बर ८ का दुई सय ६३ , वडा नम्बर ९ का दुई सय १० र वडा नम्बर १० का तीन सय आठ जना बालबालिका पोषण भत्ता पाउन बाट बञ्चित भएका हुन् । मासिक चार सयका दरले एक जना बालबालिकाले चार हजार आठ सय रुपैया पाउनबाट बञ्चित भएका छन् । यस अघि सम्बन्धित वडाले बालबालिकाका अभिभावकलाई नगद बुझाउने गरेकोमा गत आवको दोस्रो चौमासिक देखि सरकारले अनिवार्य बैक खातामा भत्ता जम्मा गर्नु पर्ने राजपत्रमा सुचना जारी गरि निर्देशन गरेको भेरी नगरपालिकाका सामाजिक सुरक्षा शाखाका फोकल ब्यक्ति केदार कार्कीले बताए ।

bhumi-sanrakshyan

उनका अनुसार सोही निर्देशन बमोजिम वडा समितिले बैक आफै रोजर खाता खोल्न प्रक्रिया थालेका थिए । भेरीका १३ वडा मध्य नेपाल बैक लिमिटेड, राष्ट्रिय बाणिज्य बैक, सिटिजन्स बैक र एनआइसी एसिया बैकमा सामाजिक सुरक्षा भत्ता र पोषण भत्ताका लागि खाता संचालन गर्ने निर्णय गरिएको थियोे । एनआइसी एसिया बैक बाहेक अन्य बैकले बैक खाता खोली रकम निकासा लिएर सम्बन्धितलाई रकम भुक्तानी दिइरहेका छन् । तर एनआइसी एसिया बैकबाट कारोबार गर्ने निर्णय गरेका वडा नम्बर ४, ८, ९ र १० को पोषण भत्ताको रकम समयमा जम्मा नहुँदा बालबालिकाले भत्ता नपाउने निश्चित भएको हो ।

भेरी नगरपालिकाले गत असार २९ गते नै चेक काटेर सवै डकुमेन्ट सहित रकम जम्माका लागि एनआइसी बैकमा पठाएको फोकल ब्यक्ति कार्कीले बताए । आर्थिक बर्षको अन्त्यमा काटेको चेक १५ दिन भित्र नसाटिए त्यो चेक स्वतः रद्द हुने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार त्यो ४७ लाखको चेक सटाउने अन्तिम म्याद साउन १२ गते सम्म थियो । अन्तिम दिन सम्म पनि आज मात्र म्याद हो चेक सटाउनु भयो कि भएन भनेर बैकलाई फलो अप गरेका छौ तर बैकले कामैै गरिदिएन फोकल ब्यक्ति कार्कीले भने बैककै लापरवाहीले गर्दा बालबालिका भत्ता पाउनबाट बञ्चित हुन पुगे । स्रोतका अनुसार बैेकले सामाजिक सुरक्षाका अन्य चेक साटेपनि पोषण भत्ताको चेक राख्ने कर्मचारीले वेवास्ता गर्दा समय घर्किएको हो । बेला घर्किसकेपछि बैकका मेनेजर लगायतका कर्मचारी नगरपालिका र कोष तथा लेखा नियन्त्रक कार्यालय गएर हारगुहार गरेपनि केही सीप नलागेको स्रोतको दावी छ ।


यस सम्बन्धमा एनआइसी एसिया बैक जाजरकोट शाखाका प्रबन्धक खगेन्द्र मल्ल बैक खाता खोल्ने स्वीकृति लगायतका सवै काम केन्द्रबाटै हुने भएकोले ढिलाई भएको बताए । उनले सामाजिक सुरक्षा भत्ता र पोषण भत्तामा पहिलो पटक काम गरेकाले पनि समस्या भएको स्वीकार गरे । सामाजिक सुरक्षा भत्ताको चेक साटेपनि पोषण भत्ताको चेक साट्न ढिलाई भएको तर पछि सिस्टमले नै चेक लिन नमानेपछि यस सम्बन्धमा के गर्ने भनेर नगरपालिका, कोलेनी र बैकको केन्द्रिय कार्यालयमा परामर्श भैरहेको मल्लले बताए ।

कोष तथा लेखा नियन्त्रककोे कार्यालयका कोष नियन्त्रक नरेश भट्टले नगरपालिका र बैक दुवैको लापरवाहीले गर्दा समयमा चेक नसाटिएको बताए । ‘खाता खोल्न ढिलाई हुँदा पनि नगरपालिका के हेरेर बसेको ? अनि बैकले पनि चेक साटेर पछि खाता खोलिसकेपछि ट्रान्सफर गरेपनि हुने । बालबालिकाको रकममा दुवै पक्ष सम्वेदनशील हुनुपथ्र्यो भएनन् । यो कुरामा इग्नोर गरेको देखियो । अव त्योे रकम जम्मा हुने र पाउने सम्भावनैै छैन । सवै रकम फ्रिज भैसक्यो’ कोष नियन्त्रक भट्टले भने ।

पोषण भत्ता नपाउने भन्ने सुनेपछि अभिभावकहरु आक्रोशित भएका छन् । भत्ता आउला र तिरौला भनेर धेरै अभिभावकले अण्डा, फलफुल, दुध लगायतका पोषणयुक्त खानेकुरा उधारोमै किनेर आफ्ना बालबालिकालाई खुवाएका थिए । तर बैक र नगरपालिकाको लापरवाहीले भत्ता नपाउने निश्चित जस्तै भएपछि उनीहरु निराश भएको भेरी नगरपालिका ४ की लिला पौडेलले बताइन । उनले धेरै अभिभावक भत्ताका लागि बैकमा धाउने गरेपनि नपाएर रित्तै फर्कने गरेको बताईन ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya