भुरचौरवासीको खानेपानी सपना पुरा हुँदै

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिका १० भुरचौरकी इश्वरी विकलाई दिनहुँ खानेपानीको जोहो कसरी गर्ने भन्ने कुराले सधै पिरोलिरहन्थ्यो । गाँउमा खानेपानी नहुँदा भेरीको धमिलो पानी खानपर्ने बाध्यता थियो । त्यही धमिलो पानी लिन पनि भिरालो बाटोमा जोखिम मोलेर एक घण्टा टाढाबाट ल्याउनु पथ्र्यो । खानेपानीको दुःख गदैमा जीन्दगी वित्ने भो । खानेपानी सपना कहिल्यै पुरा नहुने भो भन्ने लागेको थियो इश्वरीलाई । तर लिफ्ट खानेपानी आयोजना सफल भएपछि उनको खानेपानी सपना पुरा भएको छ । उनी जस्तै काकाकुल भुरचौरवासीको खानेपानी सपना पुरा भएको छ ।

करीब दुई सय ५० घरधुरी रहेको भुरचौरवासीले बाह्रै महिना भेरी नदीको पानी गाग्रीमा बोकेर ल्याउनु पर्ने बाध्यता थियो । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको ६० लाख बजेटमा भेरी नदीको किनारबाट भुरचौर गाँउमा खानेपानी पुर्याउन सफल भएको उपभोक्ता समितिका अध्यक्ष बीर बहादुर शाहीले जानकारी दिए । भेरी नदीको किनारबाट एक सय ९४ मिटर उचाईमा विद्युतबाट चल्ने मल्टि पम्पिङ्ग सेटबाट पानी चढाउन सफल भएका छौं अध्यक्ष शाहीले भने–‘हाम्रो बषौ देखिको खानेपानी सपना पुरा भएको छ । सहयोग गर्ने सवै सरोकारवाला निकायलाई हृदय देखि नै धन्यवाद छ ।’ ६५ एमएमको जिआई पाईपमा ४०० मिटर माथि पानी आएको छ । प्रति सेकेण्ड ५ लिटर पानी खस्ने गर्दछ । करीव एक लाख लिटर क्षमताको ट्याङ्की बनाएर घरघरमा खानेपानी धारा पुरयाउने आयोजनाको लक्ष्य छ ।

लिफ्ट खानेपानीका लागि बनाइएको इनार

भुरचौरबासीले पानी बोक्नका लागि खर्चिने समयलाई उत्पादनशिल अन्य काममा लगानी गर्ने छन् भने दुषित पानी सेवनका कारण लाग्ने विभिन्न रोगबाट समेत मुक्ति पाउने भएका छन् । यस बर्षको बजेटबाट विद्युतको टानसफर्म जडान गर्नुको साथै, जमिनको सतहदेखि १० मिटर गराई भएको ईनार निर्माण, वरिपरि तारजाली, जिआई पाईप खरिद तथा जडान गर्ने काम सम्पन्न भएको अध्यक्ष शाहीले बताए ।

खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोट प्रमुख ज्वालाराज शाहीले जिल्लाकै पहिलो लिफ्ट खानेपानी आयोजना सफल भएकोमा खुसी ब्यक्त गरे । प्रमुख शाहीले तत्काल खानेपानी समस्यालाई समाधान गर्न बहुँबर्षिय आयोजनाको रुपमा भुरचौर लिप्ट खानेपानी योजना छनौट गरिएको प्रमख शाहीले बताए । यो आयोजनाका लागि कर्णाली प्रदेश सभा सदस्य गणेश प्रसाद सिंह र कृष्णा शाहको पनि महत्वपुर्ण योगदान रहेको कार्यालय प्रमुख शाहीले बताए । उहाँकै पहलमा आयोजना सफल भएको र उक्त खानेपानी योजनालाई सम्पन्न गर्न एक करोड भन्दा बढि बजेटको आबश्यकता रहेकोे प्रमुख शाहीले जानकारी दिएका छन् ।

भुरचौरको टपमा एक लाख लिटरको पानी टंकी निर्माण गर्नुको साथै २५० घरधुरीको घर–घरमा पाईप लाईन विस्तार गर्नुको साथै खानेपानी धारा निर्माण गर्ने काम अझै बाँकी रहेको कार्यालय प्रमुख शाहीले जानकारी दिएका छन् । उक्त आयोजनालाई दीगो बनाउनुको साथै उपभोक्ताहरुले नियमित रुपमा तिर्नुपर्ने विद्युत महसुललाई कम गर्न मर्मसम्मार कोषको आबश्यकता रहेको जानकारी दिदै कार्यालय प्रमुख शाहीले सोलार सिस्टम जडानका लागि आवश्यक पहल गरिने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad