जन्मदिनको अवसर पारेर विद्यालयलाइ एक लाख सहयोग

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

आफ्नो जन्मदिनको अवसर पारेर नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहले एक बिद्यालयलाई एक लाख एक हजार एक सय ११ रुपैया सहयोग गरेका छन् । अपाङ्ग बालबालिकाहरुको पढाई व्यवस्थापनमा मद्दत पुग्नेगरी अक्ष्यकोष स्थापना गर्न अधिकृत सिंहले सहयोग गरेका हुन् । आफुले फजुल खर्च कटाएर बचेको पैसा अपाङ्ग विद्यार्थीको पढाइमा सहयोग गरेको सिहले बताए ।

 

नलगाड नगरपालिका–४ पिपलचौर स्थित जनता प्राथमिक बिद्यालयलाई अधिकृत सिंहले आइतबार एक लाख एक हजार एक सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका छन् । ३३ बर्ष पुरा गरेर ३४ बर्षमा प्रबेश गरेको अबसरमा अधिकृत सिंहले स्रोत कक्षाको अक्षयकोष स्थापना गर्न उक्त सहयोग गरेका हुन् । उक्त विद्यालयमा विगत तीन बर्ष देखि अपाङ्ग बालबालिकाहरुको पढाई पुरा गर्न विशेष स्रोत कक्षा सन्चालन भएको छ ।


बिषेश स्रोत कक्षामा अध्ययनरत १६ जना बालबालिकाहरुको पढाई लेखाईका लागि आबश्यक पर्ने किताब, कापी, कलम लगाएतका शैक्षिक सामाग्री, खाना तथा खाजा, लत्ताकपडाको व्यवस्थापनमा मद्दत पुग्नेगरी अक्षयकोष स्थापना गर्न आफुले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत सिंहले जानकारी दिएका छन् । शारिरिक रुपमा अपाङ्ग भएर विद्यालय पहुँच भन्दा बाहिर रहेका बालबालिकाहरुको आधारभुत शिक्षा सुनिश्चित गर्न संचालन गरिएको बिशेष स्रोत कक्षाको दीर्घकालिन महत्व रहेको प्रमुख प्रशासकीय अधिकृत सिंहको भनाई रहेको छ ।

 

भौतिक पूर्वाधार अभावमा संचालन गरिएको बिशेष स्रोत कक्षाको हाल भौतिक संरचना बनिसकेको जानकारी दिदै अध्यक्ष राममाया शाही हमालले आगामी दिनमा श्रोत कक्षा शिक्षक दरबन्दीको व्यवस्थापन गर्नुको साथै जिल्लाका सबै पालिकाका बेसहारा अपाङ्ग बालबालिकालाई केन्द्रित गर्ने योजना रहेको जानकारी दिएकी छन् । उनले सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत सिंहलाई विद्यालयको तर्फबाट धन्यवाद दिइन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad