राजेन्द्र कार्की । जाजरकोट
बहुविवाह मुद्धामा फरार अभियुक्त पक्राउ परेकी छन् । १० महिना अघि जिल्ला अदालतबाट सजाय सुनाइएकी भेरी नगरपालिका २ रिसाङ्ग बस्ने अनिता शाह विकलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । गत बर्ष भदौ ९ गते जिल्ला अदालतबाट एक बर्ष ५ महिना १२ दिन सजाय र २० हजार जरिवाना तोकिएको थियो । तर उनी फरार हुँदै आएकोमा घरमै बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बहुविवाह मुद्धामा फरार अभियुक्त पक्राउ
