भेरीमा एक लाख फलफुलका विरुवा वितरण

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिकाले किसानहरुलाई एक लाख बढी फलफुलका विरुवा बितरण गरेको छ । किसानलाई फलफुल खेतीमा ब्यवसायिक बनाउन नगरपालिकाको कृषि शाखाले अनुदानमा विभिन्न जातका फलफुलका विरुवा वितरण गरेको हो । चालु आवको कार्यक्रमबाट नगर कृषि शाखाले एक लाख तीन हजार ती सय फलफुलका बिरुवा बितरण गरेको छ । नगरले किसानलाई कागति, सुन्तला र जुनारका ४० हजार, ११ हजार ५ सय आँप, ६ हजार २ सय केरा, २५ हजार अलैंची र ६ हजार अंगुरका बिरुवा बितरण गरेको कृषि शाखा प्रमुख अभिकारीले जानकारी दिए । हिउदे सिजनमा ९ हजार ओखर एक हजार हलुवाबेदका बिरुवा बितरण गरिएको थियो । फलफुलका विरुवा बुधवार नगरप्रमुख चन्द्रप्रकाश घर्ती र वडाध्यक्ष खम्बजंग शाहले वितरण गरेका थिए ।

नगरपालिकाका सबै वडामा किसानले ब्यक्तिगत, समुहगत र संस्थागत रुपमा फलफुल खेतिथालेका छन । अहिले नगरमा दुइ सय बढि कृषि समुह र संस्थाहरु दर्ता भएको नगर कृषि शाखाका प्रमुख अधिकारी बताए । दर्ता भएका सबै सक्रिय छैनन तर जो सक्रिय छन उनीहरु निकै राम्रो गरेका छन उनले भने ।

ब्यबसायिक फलफुल खेति गर्न थालेका किसानलाई नगरले आर्थिक तथा प्राबिधिक सहयोग गर्दै आएको छ । नगरको आर्थिक तथा प्राबिधिक सहयोगबाट फलफुल खेति गर्न सहज भएको नारायण जनकल्यान कृषि समुह तिलिङ्गेका अध्यक्ष धनबहादुर वलीले बताए । परम्परागत खेति छोडेका किसानले माटो र मौसम अनुसार फलफुल खेति गर्ने गरेको अध्यक्ष वलीको भनाइ छ । राम्रो आम्दानी हुने भएकोले किसानले नगदे बालीका रुपमा फलफुल खेति गर्ने गरेका छन । आर्थिक अनुदान र प्राबिधिक सल्लाह नगरबाट पाउन थाले संगै फलफुल खेतितर्फ किसानहरुको आकर्षण बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तिले बताए । बस्ती स्तरबाट नै ब्यबसायिक फलफुल खेतिका लागि आर्थिक अनुदानका कार्यक्रममा सहयोग हुने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्तिको भनाई छ ।

राष्ट्रिय फलफुल विकास कार्यक्रम फलफुल दशक अन्तर्गत ससर्त अनुदान र नगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा फलफुल खेतिका लागि बिशेष कार्यक्रम संचालन गरेको नगर प्रमुखचन्द्र प्रकाश घर्तिले बताए । किसानको चाहना ,नगरको योजना भन्ने नाराका साथ फलफुल खेति गर्न किसानलाई उत्साही गरिएको छ । ब्यबसायिक फलफुल खेतिबाट किसानको जीवन स्तरमा परिवर्तन आउनुका साथै स्वस्थ, सुन्दर र आत्मनिर्भर नगर निर्माणमा टेवापुग्ने नगर प्रमुखघर्तिको बिश्वास छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad