जाजरकोटमा निषेधाज्ञा खुकुलोः दिनभर ब्यवसाय खुला, यातायात संचालन हुने

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा निषेधाज्ञा खुकुलो हुने भएको छ । कोभिड संक्रमणको दर घट्दै गएको भन्दै स्थानिय प्रशासनले गत बैशाख १८ गते देखि लगाउँदै आएको लकडाउन मंगलवार देखि लुजडाउनमा हुने भएको हो ।

लकडाउन खुकुुलो बनाइए सँगै विहान ६ बजे देखि साँझ ७ बजे सम्म सम्पुर्ण पसल ब्यवसाय खोल्न पाइने भएको छ । त्यस्तै जिल्लाभर पुरानै भाडादरमा स्वास्थ्य मापदण्ड पालन गरेर यातायात संचालन गर्न पाईने भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जारी गरेको आदेशमा उल्लेख गरिएको छ । सोमवार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा निषेधाज्ञा खुकुलो बनाइएको हो ।

यस अघि ब्यवसाय दिउँसो २ बजे सम्म मात्र संचालन गर्न पाईने ब्यवस्था थियो । यातायात सेवा अत्यावश्यक भए मात्र चल्न दिइने गरेको थियो । कार्यालयमा २५ प्रतिशत मात्र कर्मचारी उपस्थित भएर काम गर्ने गरिएकोमा संक्रमणको दर घट्दै गएपछि सवै कर्मचारी उपस्थित भएर कार्य गर्ने निर्णय गरिएको छ । खेतीपाती गर्न र विकास निर्माणका काम भने सुरक्षा मापदण्ड पालना गरेर गर्न छुट दिईएको छ । सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, खेलकुद कार्यक्रम लगायतका कार्य गर्न भने अझै प्रतिवन्ध कायमै छ । विवाह, ब्रतबन्ध तथा मृत्यु संस्कारमा भने १५ जना भन्दा बढी जम्मा हुन नपाईने जारी आदेशमा उल्लेख गरिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad