जाजरकोट जिल्लाकै दुर्गम र अभावको रुपमा चिनिने बारेकोट गाउँपालिका जिल्ला सदरमुकाम खलंगा वाट २१ कोष पुर्व उत्तरमा रहेको छ । जुम्ला र डोल्पा जिल्ला सँग सीमाना जोडिएको यो पालिका सावीकका सक्ला, रामीडाँडा ,नायकवाडा र रोकायागाउँ गाविस मिलेर निर्माण भएको हो । पर्यटनको लागि प्रचुर संभाव्यता रहेको यो पालिका वर्षेनी खाद्यन्न अभाव झेलिरहने पालिकको रुपमा समेत परिचीत छ । यस गाउँ पालिकामा जिल्लाकै युवा अध्यक्षको रुपमा चिनिने वौद्धिक व्यक्तित्व महेन्द्र शाह ले नेपाली काँग्रेसको तर्फवाट यस पालिकामा अध्यक्षको पदमा निर्वाचित हुनु भएको छ । जनतामाझ लोकपृय जनप्रतिनिधिको रुपमा चिनिने वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह सँग सहकर्मी सहदेव बस्नेतले गर्नु भएको कुराकानीको अंश ः
तपाइँले निर्वाचित भएर आइसकेपछि गाउँपालिकामा भए गरेका मुख्य उपलव्धिहरु के के देख्नुहुन्छ ?
शुरुमा मैंले निर्वाचन जितेर आउँदा पालिकामा भौतिक तथा मानविय कुनै खालको संरचना थिएना । यो पालिका जिल्लाकै सडक संजालले छुन नसकेको पालिकाको रुपमा रहेको थियो । मैंले निर्वाचित भइसके पछि यस पालिकाको समग्र विकास र समृद्धिका लागि धेरै क्षेत्रमा उल्लेख्य काम हरु भएका छन । जस अन्तरगत सदरमुकाम को सडक संजाल सँग पालिकाको आफ्नै वजेट वाट जोडिनु लाई भौतिक पुर्वाधार तर्फको उल्लेख्य उपलव्धिको रुपमा लिएकोछु । साथै हाल सदरमुकाम सँग जोडिनुको साथै आफ्नो गाउँपालिकाको ९ वटै वडामा सडक संजालले जोडिएको छ । कार्यालय सन्चालनको लागि अर्काको साँघुरो घर भाडामा लिएर शुरुमा सन्चालन गरेकोमा हाल ९ वटै वडामा आफ्नै कार्यालय भवन निर्माण गरेर व्यवस्थीत रुपमा सेवा प्रवाह भइैरहेको छ । जिल्लाका सात वटा पालिका मध्य सवै भन्दा शुरुमा पालिकाको कार्यालय भवन निर्माण गरेर सेवा प्रवाह गर्ने पहिलो पालिका को रुपमा हाम्रो पालिका रहेको छ। त्यस्तै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि जनताहरु लाई प्रत्याभुत हुने गरि सेवा प्रवाह गर्न सफल भएका छौं । हरेक वडामा स्वास्थ्य चौकी र स्वास्थ्य इकाई मार्फत सेवा प्रवाहको थालनि गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा एमवीवीएस चिकीत्सकको व्यवस्था गरि सेवा प्रवाह गरिएको छ । हिजोको विकट, दुर्गम लगायतको उपमा पाएको बारेकोटलाई समृद्ध , सुन्दर र सुगम बारेकोट निर्माण तर्फ अग्रसर भएका छौ । यस अर्थमा म निकै खुसी र सुन्तुष्ट छु ।
कोभीड १९ को पहिलो र दोस्रो भेरीयन्टमा परेको प्रभाव र समाधानका लागि के कस्ता पहल गाउँपालिका वाट गर्नु भयो ?
कोभीड महामारीको पहिलो चरणमा आफ्नो पालिका भित्र का सवै वडामा क्वारेन्टिन निर्माण गरेर पालिकामा वाहीर स्थान वाट आउने हरेक नागरिक हरुलाई व्यवस्थीत तरिकाले राख्ने कार्य गरियो । सवै लाई पालिकाले आफ्नै खर्चमा क्वारेन्टिनमा राखेर सुरक्षको प्रवन्ध गर्नुको साथै पालिका भित्रका १ हजार २०० जनालाई खाद्यान्न राहत वितरण गरियो । जस्मा स्थानिय रुपमा उत्पादन गरेको मकै,सीमी जस्ता खाद्यन्न वस्तुहरु विनरन गरिएको थियो । कोभिड महामारीको दोस्रो भेरियन्टमा सवै भन्दा पहिला आइसोलेसन सेन्टर स्थापना गरि लक्षण सहित सङ्क्रमण देखिएका व्यक्तिहरु लाई आइसोलेसन केन्द्रमा राखेर उपचारको प्रवन्ध गरियो । आवस्यक औवधि र कीट सहीत वडावडामा गएर एन्टीजीन परिक्षण गरियो । त्यसको साथै आसोलेसन केन्द्रमा अक्सिजन सीलीन्डर,अक्सीमीटरको समेत प्रवन्ध गरि लक्षण सहितका वीरामीहरुको उपचारको व्यवस्था मिलाइएको छ । अहिले विरामीहरुका लागि आवस्यक सवै औषधि लगायतको व्यवस्थापन समेत गरिएको छ ।
चार वर्षको अवधिमा मुख्य चुनौतिहरु के कस्ता भोग्नु पर्यो ?
गाउँपालिकामा चुनौतिको रुपमा धेरै क्षेत्र रहेता पनि मुख्य रुपमा स्थानिय समुदायको विकास को अपेक्षा र सो अनुसारको वजेट को व्यवस्था हुन नसक्नु नै मुख्य चुनौतिको रुपमा देखिएको छ । त्यसको साथै गत वर्षको वाढि पहिरोले पुरै गाउँपालिकालाई प्रभावित पारी १५ सय व्यक्ति लाई प्रभावित पार्नुको साथै ११ जना नागरिकले ज्यान गुमाउनु पर्यो । ति घरवार विहीन भएका व्यक्तिहरुकोे हाल सम्म पनि कतै वाट व्यवस्थापन गर्न सकिएको छैन । विकास निर्माका दौरानमा तिनै तहका सरकारको सम्पर्क र समन्वय को अभावले पनि कतिपय समस्याहरु उत्पन्न गरेको छ ।
वर्षेनी खाद्यान्न अभावहुने स्थानको रुपमा पर्ने यो पालिकामा खाद्यान्न अभाव हुन नदिन केकस्ता योजना वनाउनु भएको छ ?
यहाँको वर्षेनी खाद्यान्न अभाव को समस्या झेल्दै आएको हाम्रो गाउँपालिकामा दुई प्रकारले यसको संवोधन गर्न पालिकाले पहल गरेको छ । पहिलो गाउँपालिकाले स्थानीय स्तरमा कुनै पनि नागरिकले जग्गा वाँझो नराखुन र सवैलाई खेतिपाति तर्फ आकर्षीत गर्नको लागि प्रोत्साहनमा विउ विजन वितरनको कार्यक्रम सनचालन गरिएको छ । खेति योग्य जमिनमा सिचाईको व्यवस्थाका लागि सिचाईका योजनाहरु सन्चालन गर्नु र हरेका टोलमा प्राविधिकहरु वाट माटो परिक्षण गरि सुहाउँदो वाली लगाउने व्यवस्था गरिएको छ ।
अवको एक वर्षे कार्य कालमा के कस्ता वाँकी विकासका कार्यहरु गर्ने योजना वनाउनु भएको छ ?
यो पालिकामा जुम्ला र डोल्पा सँग सीमाना जोडिएका ठुला पाटनहरु भएकाले वहुमुल्य जडिवुटिको भण्डारको रुपमा रहेको छ । यहाको जडिवुटिको संरक्षण र प्रशोधन गरि आम्दानीको प्रमुख श्रोतको रुपमा जडिबुटी नै भएकाले त्यसका लागि ठोश कार्यक्रम अगाडि वढाइने छ । अवको कार्यकालमा गाउँपालिकाको समग्र विकासको लागि दिर्घकालिन रुपमा फाइदा हुने र रोजगारमुलक कार्यक्रम सन्चालनमा ल्याइने छ । हरेक वडामा विस्तार भएको सडक वाटो लाई स्तर वृद्धि गराई १२ महिना सन्चालनमा ल्याइने छ । युवाहरु लाई वैदेशिक रोजगारमा जानुको सट्टा स्थानीय स्तरमै सीपमुलक तथा आयमुलक व्यवशाय सन्चालन गराइने छ । महिलाहरुको प्रजनन् स्वास्थ्यमा सुधार ल्याई मातृशिशु कार्यक्रमलाई प्रभावकारी वनाउन को लागि स्वास्थ्यकर्मिहरु लाई घर आँगनमै सेवा प्रवाहको लागि उत्प्रेरणा गरिने छ ।
पर्यटन प्रवद्र्धनको लागि के कस्ता योजना वनाउनु भएको छ ?
बारेकोट गाउँपालिका पर्यटनको दृष्टिकोणे हेर्दा प्रचुर संभावना रहेको पालिकाको रुपमा रहेको छ । नदइडाव, साइकुवारी, विभिन्न दहहरु, ठाकुरजी, कुशे पाटन जस्ता अति पर्यटकिय स्थलहरु यसै पालिकामा रहेका छन । ति सवै स्थानहरु सम्म सडकमार्ग वाट पुग्नको लागि पालिकाले गुरुयोजना वनाएर अगाडि वढाउन गइरहेका छौं । ति पर्यटनको सुन्दर संभावना वोकेका स्थान हुदै पर्यटन पदमार्ग निर्माण गरि यस पालिकाले प्रसस्त आम्दानीको श्रोत ल्याइने छ ।
अन्तमा केही भन्नुपर्ने छ ?
मेरा कुराहरु प्रवाह अनलाइन मार्फत सार्वजनिक गर्ने अवसर दिएकोमा तपाई र तपाईको अनलाईन परिवारलाई धन्यवाद । बारेकोटको समग्र विकासमा सहयोग गर्ने सवै राजनैतिक दल, नेतागणहरु, बारेकोटी नागरिकहरु, कर्मचारी साथीहरु सवैलाई धन्यवाद दिन चाहन्छु ।