राजेन्द्र कार्की । जाजरकोट
छेडागाड नगरपालिकाले आगामी आर्थिक बर्ष देखि गर्भवति महिलालाई हरेक गर्भ जाँचमा एक क्यारेट अन्डा वितरण गर्ने भएको छ । नगरपालिकाका उपमेयर सरिता वलीले प्रस्तुत गरेको आगामी बर्षको बजेटमा गर्भ जाँच गराउन आउने सवै गर्भवति महिलालाई चार पटक सम्म एक क्यारेटका दरले अण्डा उपलब्ध गराईने भएको हो ।
स्वस्थ र स्फूर्त नागरिक तयारी गर्न बच्चालाई गर्भावस्थामा नै पोषण आवश्यक पर्छ । यसका लागि गर्भ जाँच गर्ने महिलाहरुलाई हरेक पटक एक क्यारेट ( ३० का दरले १२० अण्डा ) अण्डा वितरण गरी गर्भ अवस्थादेखि नै बच्चाको पोषणको हक सुनिश्चित गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमसँग नमूनामैत्री पोषण टोल निर्माण गर्न संघीय सरकारको विशेष अनुदान रु.५० लाख परिचालन गरिने उल्लेख छ ।
त्यस्तै नगरपालिकाले बजेटमा नागरिकको जीवनस्तरमा सुधार ल्याइ समृद्ध छेडागाड हाम्रो भविश्य भन्ने मुल ध्ययका साथ बजेट ल्याइएको नगरप्रमुख लालबहादुर महताराले बताए ।
बजेटका मुख्य कार्यक्रमहरु र सो शीर्षकमा विनियोजित बजेट
१.कोभिड–१९ महामारी नियन्त्रण तर्फः
विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ ले संघ, प्रदेश मात्र हैन हाम्रो नगरपालिका समेत आक्रान्त बनिरहेको अवस्था छ। यस्तो त्रासदीपूर्ण अवस्था कहिले र कसरी अन्त्य हुने हो सोको यकिन हुन कठीन छ। यस्तो अदृष्य तर साझा दुश्मन विरुद्धको लडाईँ लड्नको लागि स्वास्थ्य सामग्री र आईसोलेशनमा उपचार गर्ने परिपाटीको व्यवस्थापन गर्न, औषधि खरिद तथा नगर अस्पताल व्यवस्थापनको ल लागि रु. ८० लाख विनियोजन गरिएको छ ।
२.स्वास्थ्य क्षेत्र तर्फः
जनताको प्रत्यक्ष जीवनसँग सम्बन्धित जनस्वास्थ्य र उपचारात्मक स्वास्थ्यमा ध्यान दिँदै नगरबासीलाई सुरक्षित र स्वस्थ जीवन निर्वाहको व्यवस्था मिलाइनेछ। यसै आर्थिक वर्षदेखि नगर अस्पतालको निर्माण कार्य सञ्चालन भई रहेको अवस्था छ भने। जसको संचालन तथा व्यवस्थापनको लागी लागि रु.५० लाख विनियोजन गरिएको छ ।स्वास्थ्यकर्मीलाई प्रोत्साहन लगायत समग्र स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणको लागि रु.३० लाख विनियोजन गरिएको छ ।
३.आर्थिक विकास तर्फः
नगरपालिकालाई कृषि उत्पादनमा क्रमशः आत्मनिर्भर बनाई गरिबी तथा भोकमरी उन्मूलन गर्न आय र रोजगारी बढाउन, कृषिको आधुनिकीकरण, विविधीकरण र व्यवसायीकरणमार्फत् कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न किसानसँग मेयर कार्यक्रम अन्तर्गत किसान सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ, जसको लागि संघीय गरी रु. ८० लाख विनियोजन छु। किसानलाई परामर्श र सहयोग गर्न एक वडा एक प्राविधिक जनशक्तिलाई स्वयम् सेवकको रुपमा परिचालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
4 H Network सँगको सहकार्यमा युवा कृषि उद्यम कार्यक्रम संचालन गर्न रु.१५ लाख विनियोजन गरिएको छ ।
परम्परागत र रैथाने बालीको संरक्षण गर्दै किसानको खाद्य संप्रभुताको हक सुनिश्चित गर्नु नगरपालिकाको दायित्व हो त्यसैले उक्त कार्यक्रम संचालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
व्यवसायिक बाख्रापालन, दुग्ध विकास कार्यक्रम संचालन गरी कृषि क्षेत्रको व्यवसायिक वातावरण निर्माण गरी नगरबासीको जीवन स्तरमा सुधार गर्नकोलागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
साना तथा घरेलु उद्यमीलाई प्रोत्साहन गर्दै नगरपालिकाको औद्योगिक वातावरण तयार गर्नको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
गाउँगाउँमा रहेको श्रम, सीप र प्रविधिको उपयोग गर्दै नागरिकलाई स्वरोजगार बनाउन सहकारीकर्मीहरुको क्षमता विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। कृषकहरुले उत्पादन गरेको कृषि उपज कहाँ विक्री गर्ने, कसलाई विक्री गर्ने भन्ने अन्योलतालाई अन्त्य गर्न थलह बजारमा तरकारी मण्डीको लागि पुर्वाधार निर्माण गर्न रु.१६ लाख विनियोजन गरिएको छ ।
पर्यटन क्षेत्रको प्रवर्द्धनको लागि नगर गौरवको रुपमा रहेको सुयाडा मालिका मन्दिर निर्माण कार्य सम्पन्न गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। छेडागाड नगरपालिकामा रहेका व्यापार व्यवसायहरुलाई नियमन र व्यवस्थित गर्न दर्ता प्रक्रियामा ल्याइने छ। यसका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
४.सामाजिक विकासः मानवीय मर्यादा प्रवर्द्धनको आधारःशिक्षा क्षेत्रः
सदा चलायमान हुनुपर्ने शिक्षा क्षेत्र बन्दाबन्दीसँगै करिब करिब बन्द जस्तै बनेको छ। यस्तो विषम परिस्थितितिमा वैकल्पिक शिक्षाका उपायहरु अवलम्बन गरिनेछ। विद्यालयमा निर्माण हुने भौतिक पूर्वाधारहरु आरसीसी मोडेलमा निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छु। क्रमागत दायित्वको रुपमा रहेका विद्यालयका भवनहरुको लागि रु.१ करोड विनियोजन गरिएको छ ।
यस नगरपालिकामा रहेका उत्कृष्ट २ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनमा सघाउने गरी उत्कृष्ट विद्यार्थी छात्रवृत्ति कार्यक्रमको लागि रु.१० लाख विनियोजन गरिएको छ । शिक्षा क्षेत्रको समग्र सुधारको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
एकातिर आधारभूत तथा माध्यामिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने जम्मेवारी संविधानले स्थानीय तहलाई सुम्पेको छ भने अर्कोतिर विद्यालयहरुमा शिक्षक दरबन्दी अभाव भई गुणस्तरीय र प्रतिस्पर्धी नागरिक निर्माण गर्न अप्ठ्यारो पर्न गएको छ। यस्तै खालको समस्या हल गर्न माध्यमिक तथा आधारभूत विद्यालयका लागि आवश्यक जनशक्ति व्यवस्थापन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छु। जसको लागि रु.६८ लाख विनियोजन गरेको छु। शिक्षा विकास तथा समन्वय ईकाइबाट शिक्षण सिकाई अनुदानमा नियुक्ति भएका प्रावि र आविका शिक्षकको पारिश्रमिकको लागि रु.८७ लाख विनियोजन गरेको छु। साथै, विद्यालयको भौतिक पूर्वाधार विकास गर्नको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
स्वस्थ र स्फूर्त नागरिक तयारी गर्न बच्चालाई गर्भावस्थामा नै पोषण आवश्यक पर्छ। यसका लागि गर्भ जाँच गर्ने महिलाहरुलाई हरेक पटक एक क्यारेट अण्डा वितरण गरी गर्भ अवस्थादेखि नै बच्चाको पोषणको हक सुनिश्चित गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमसँग नमूनामैत्री पोषण टोल निर्माण गर्न संघीय सरकारको विशेष अनुदान रु.५० लाख परिचालन गरिनेछ ।
शुद्ध खानेपानी सबै नागरिकलाइ सुनिश्चित गर्न संघीय सरकारको विशेष अनुदान अन्तर्गत पातलपानी चाल्नेमालिका खानेपानी आयोजना निर्माण गर्न रु १ करोड ५० लाख परिचालन गरिनेछ ।
५. विकासको उद्भव भौतिक पूर्वाधार, प्रतिष्पर्धा तथा सभ्यताको आधार
वडा कार्यालय भवन नभएका वडाहरुमा वडा भवन निर्माण शुरु गर्न रु.१ करोड २० लाख विनियोजन गरिएको छ ।
यसै आ.व. मा सबै वडा केन्द्रहरुमा सडक बाटोको पहुँच सुनिश्चित गर्न पजारु, टीकाचौर लगायतका सडक निर्माण गर्न रु.१ करोड २० लाख विनियोजन गरिएको छ ।
पूर्वाधार विकासका कार्यक्रमहरु संघ तथा प्रदेश सरकारको साझेदारीमा सञ्चालन गरी विकासका आवश्यकता पूर्ति गर्न समपूरक कोषको रुपमा रु.२ करोड विनियोजन गरिएको छ ।
प्रदेश सरकारसँगको साझेदारीमा जाल्मा–खामालेख सडक निर्माणको लागि रु.५५ लाख विनियोजन गरेको छु। त्यस्तै खरानाउली सडक निर्माणको लागि रु.६० लाख विनियोजन गरिएको छ ।
चालु आवमा सम्झौता भई बन्दाबन्दीको कारणले सम्पन्न हुन नसकेका आयोजनाहरुलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ ।
६.वातावरणीय विकास र दिगो विकासः विपद् व्यवस्थापनको पूर्वाधार
बन, वातावरण संरक्षणको लागि संघीय र प्रदेश सरकारसँगको सहकार्यमा वृक्षारोषण र हरियाली प्रवर्द्धन कार्यक्रम संचालन गरिने छ ।
साथै विभिन्न पर्व तथा दिवसको अवसरहरुमा पनि बृक्षारोपणलाई प्राथमिकतामा राख्न आवश्यक नीति अवलम्बन गरिएको छ ।
विपदमा परेकाहरुको लागि आपतकालीन राहत कोषको स्थापना गरी सोही बमोजिम राहत उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरिएको छ ।
सामुदायिक बनको वार्षिक कार्ययोजना स्वीकृतिको लागि आवश्यक प्रबन्ध गरी सामुदायिक वनको वार्षिक आयको १० प्रतिशत स्थानीय तहलाई राजश्व बुझाउने व्यवस्था मिलाइएको छ ।
७. सबल सरकारः सचेत नागरिक
छिटोछरितो सेवा प्रवाहको लागि भ्रष्टाचारमुक्त एवम् सुशासनयुक्त प्रशासन हुनु आवश्यक छ। तब मात्र नागरिकमैत्री प्रशासन हुन सक्छ। जसको लागि दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ। हामीले प्रयोग गर्दै आएको अभिलेख प्रणालीलाई वैज्ञानिक बनाउनको लागि विद्युतीय सरकारको अवधारणा लागू गरिनेछ। कुनै पनि योजना तर्जुमाको पहिलो आधार भनेको तथ्याङ्क हो। जसको लागि प्रत्येक वडाको वस्तुगत विवरण निर्माण साथै प्रत्येक वडाको विपन्नता स्तरीकरण गर्नको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
नगरको पहिचान गराउने विभिन्न खालका राष्ट्रिय अभियानहरु (जस्तैः पूर्ण सरसफाई नगरपालिका, पूर्ण साक्षर नगरपालिका, पूर्ण खोपयुक्त नगरपालिका, बालमैत्री स्थानीय शासन नगरपालिका, वातावरणमैत्री नगरपालिका, जातीय भेदभाव र छुवाछुतमुक्त नगरपालिका, घरभित्रको धुँवामुक्त नगरपालिका आदि) सञ्चालन गरी नगरपालिकाको पहिचान स्थापित गर्न आवश्यक नीति अवलम्वन गरिएको छ ।
८. युवा तथा खेलकूदः
स्वच्छ जीवनको लागि खेलकूद भन्ने मान्यतालाई मध्यनजर गरी नियमित रुपमा स्थानीय स्तरमा खेलकूदका विभिन्न कार्यक्रमहरु समावेश गरी नगरस्तरीय खेलकूद आयोजना गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
युवा प्रतिभा पहिचान कार्यक्रम र युवा परिचालनको लागि राष्ट्रिय युवा परिषद् नेपालसँगको सहकार्यमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
९.महिला तथा बालबालिकातर्फः
“मानव सभ्यताको सम्मानः छुवाछूत र सामाजिक कुरीति बिरुद्धको अभियान“ भन्ने नाराका साथ सामाजिक सचेतनाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
महिला, दलित, शारीरिक अशक्त, जेष्ठ नागरिक र वालमैत्री कार्यक्रमहरु सञ्चालनको लागि रु.१० लाख विनियोजन गरिएको छ ।
“महिलासँग उपमेयर” कार्यक्रम मार्फत् महिला स्वरोजगार तथा उत्थानका कार्यक्रमहरु सञ्चालन गर्न रु. २५ लाख विनियोजन गरिएको छ ।
१०.संस्थागत विकास, सेवा प्रवाह र सुशासन
कर्मचारीहरुको पारिश्रमिक, जनप्रतिनिधिहरुको सुविधा लगाएत कर्मचारीहरुको वृति विकासको लागि बिभिन्न कार्यक्रमहरु बनाई कार्यान्वयन गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। साथै क्षमता विकासका लागि विभिन्न किसिमका क्षमता अभिबृद्धि हुने खालका कार्यक्रमहरु संचालन लगाएतको संस्थागत विकास र सेवाप्रवाहको प्रबन्ध मिलाउनको लागि चालु खर्चमा १० करोड ७१ लाख १२ हजार विनियोजन गरिएको छ ।
यस छेडागाड नगरपालिकाको आ.व. २०७८÷०७९ को लागि नगरपालिकाबाट छनौट भएका वडा कार्यालय भवन निर्माण, शैक्षिक जनशक्ति व्यवस्थापन, विषयगत शाखाका कार्यक्रम, मर्मत संभार कोष, समप“रक कोष, पोषण कार्यक्रम, नगरस्तरीय खेलकूद प्रतियोगिता, विद्यालय सुधार कार्यक्रम लगायत विभिन्न सडक, खानेपानी, विद्यालय भवन, सिंचाई योजनाहरु नगरस्तरीय रुपमा घोषणा गरी जम्मा १० करोड ९० बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी यस छेडागाड नगरपालिकाका १३ वटै वडाहरुमा क्षेत्रफल, जनसंख्या, नगरपालिकाको केन्द्र देखिको भौगोलिक दूरी, राजस्व क्षमता र सङ्कलन, पूर्वाधार विकासको अवस्था, भारित लागत, गरिबी तथा मानव विकास सूचकाङ्कको आधारमा वडाबाटै योजना छनौट गरी तपसिल बमोजिम कार्यान्वयन गर्नको लागि रु.२ करोड ३६ लाख रकम विनियोजन गरिएको छ ।
आ।व। ०७८र०७९ को लागि प्रस्तावित खर्च व्यहोरीने स्रोतहरु
१। वित्तीय समानीकरण अनुदान संघीय सरकार रु।११ करोड ८४ लाख
२। संघीय सरकार राजश्व बाँडफाँड रु।१० करोड ७२ लाख
३। वित्तीय समानीकरण अनुदान प्रदेश सरकार रु।१ करोड २५ लाख
४। प्रदेश सरकार राजश्व बाँडफाँड रु। ७७ लाख
५। सशर्त अनुदान संघीय सरकार रु।३३ करोड ७८ लाख
६। सशर्त अनुदान प्रदेश सरकार रु। ३ करोड ३० लाख
७। समपूरक प्रदेश सरकार रु।१ करोड २० लाख
८। विशेष अनुदान प्रदेश सरकार रु।६० लाख
९। विशेष अनुदान संघीय सरकार रु।२ करोड ७० लाख
१०। समपूरक संघीय सरकार रु। ५७ लाख
११। आन्तरिक स्रोत नगरपालिकाको रु।५० लाख
१२। चालु आर्थिक वर्षको मौजदात रु। करोड
जम्मा कुल बजेट ६७ करोड २३ लाख रहेको छ।