असिष्टेन्ट सब–इन्जिनियर माथि हातपात गरिएको छैन–वडाध्यक्ष

राजेन्द्र कार्की । जाजरकोट

शिवालय गाँउपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष बीरबल खत्रीले सोही वडामा कार्यरत असिष्टेन्ट सव इन्जिनियर रविन्द्रबहादुर शाही माथि हातपात नगरेको दावी गरेका छन् । वडाध्यक्षले लामो समय सव इन्जिनियर अनुपस्थित भएको र उनले बनाएका इष्टमेट पनि गलत भएको भन्दै सम्झाउन खोज्दा हातपात गरिएको भनि मिडियावाजी गरेको आरोप लगाएका छन् ।

 

bhumi-sanrakshyan

गत बैशाख २६ गते देखि वडा कार्यालयमा अनुपस्थित रहेका असइ. खत्री आइतवार मात्र कार्यालय आएको चालु आवका आयोजना रेखदेख तथा मुल्यांकन गर्नु पर्नेमा कार्यालयमा अनुपस्थित रहेको र निजले डिजाइन स्टमेट गरेका भवन सोचे भन्दा फरक भइ संरचना नमिलेका कारण म आफै उपस्थित भएर भत्काई पुर्ननिर्माण गर्नुपरेको र प्राविधिकले जिम्मेवारी पुरा नगरेको वडाध्यक्ष खत्री द्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । काम प्रति जिम्मेवार हुन प्राविधिकलाई आग्रह गर्दा उल्टै वडाध्यक्षलाई अपशब्द प्रयोग गदै अपमानित गरेको तर हातपात भएको भनि मिडियाबाजी गरिएको हुँदा सवै कुरा झुटो भएको जानकारी गराउँदछु प्रेस विज्ञप्तीमा भनिएको छ ।

तर असइ शाहीले अभद्र ब्यवहार गदै कुटपिट गरेको भन्दै आवश्यक कारवाही गरि जीउधनको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् । उनले मुख्यमन्त्री रोजगार कार्यक्रमको कामको मुल्याकन नगरिदिएको भन्दै कार्यकक्षमै अध्यक्ष खत्रीले हातपात र कुटपिट गरि गाली वेइज्यती गरेको बताएका छन् । प्रमुख प्रशासकिय अधिकृतलाई सम्बोधन गरि लेखेको पत्रमा वडाध्यक्षलाई कारवाहीको माग गरिएको छ ।


असिष्टेन्ट सब इन्जिनियर माथि भएको घटनाको शिवालयमा कार्यरत कर्मचारीले निन्दा एवं भत्र्सना गरेका छन् । घटनाको विरोधमा शिवालय गाँउपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत सहित सम्पुर्ण कर्मचारीले दोषी माथि कारवाही नभए सम्म पेनडाउन गर्ने निर्णय गरेका छन् । राष्ट्र सेवामा कटिबद्ध रहेको कर्मचारी माथि निजले कारणबस कमजोरी वा गल्ती गरेमा विभिन्न विभागित कारवाही तथा सेवाबाट बर्खास्त गर्ने कानुनी बाटो हुँदा हुँदै पनि मरणसन्न हुने गरि कार्यालय समयमा एक राष्ट्रसेवक कर्मचारी माथि यसरी अमानविय तरिकाले गरेको कुकर्मले हामी सेवामा अहोरात्र खटिएका सवै कर्मचारीहरुको मनोबल गिरेको छ । सो कार्य प्रति हामी पेनडाउन गरि शसक्त आन्दोलनमा उत्रिन बाध्य भएको जारी विज्ञप्तीमा भनिएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya