वडाध्यक्ष द्धारा सब–इन्जिनियर माथि कार्यकक्षमै कुटपिट

राजेन्द्र कार्की । जाजरकोट

शिवालय गाँउपालिकाका एक वडाध्यक्षले आफ्नै वडामा कार्यरत सव इन्जिनियर माथि हातपात गरेका छन् । वडा नम्बर ७ का वडाध्यक्ष बीरबल खत्रीले सोही वडामा कार्यरत सव इन्जिनियर रविन्द्रबहादुर शाही माथि आइतवार कार्यकक्षमै कुटपिट गरेका हुन् ।

वडाध्यक्ष खत्रीले आफ्नो वडा भन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा कार्यलयको प्राविधिक कार्यकक्षमै कुटपिट गर्नुका साथै गालीगलौज गरेर ज्यान लिने धम्की समेत दिएको शाहीले बताए । शाहीको मुखमा समेत चोट लागेको छ । ‘म आफ्नै कार्यकक्षमा काम गरिरहेको थिए केही केटाहरु सहित एक्कासी वडाध्यक्ष आएर झम्टिहाल्नु भो । मुक्का प्रहार गर्नुभयो लछारपछार गर्नु गर्नु भयो । गालीगलौजका साथै ज्यानै लिने धम्की लिनु भयो । त्यसपछि भागेर ज्यान जोगाए’, शाहीले टेलिफोनमा भने । खत्री एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । वडाध्यक्ष खत्री सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

bhumi-sanrakshyan

सब इन्जिनियर माथि भएको घटनाको शिवालयमा कार्यरत कर्मचारीले निन्दा एवं भत्र्सना गरेका छन् । घटनाको विरोधमा शिवालय गाँउपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत सहित सम्पुर्ण कर्मचारीले दोषी माथि कारवाही नभए सम्म पेनडाउन गर्ने निर्णय गरेका छन् । राष्ट्र सेवामा कटिबद्ध रहेको कर्मचारी माथि निजले कारणबस कमजोरी वा गल्ती गरेमा विभिन्न विभागित कारवाही तथा सेवाबाट बर्खास्त गर्ने कानुनी बाटो हुँदा हुँदै पििन मरणसन्न हुने गरि कार्यालय समयमा एक राष्ट्रसेवक कर्मचारी माथि यसरी अमानविय तरिकाले गरेको कुकर्मले हामी सेवामा अहोरात्र खटिएका सवै कर्मचारीहरुको मनोबल गिरेको छ । सो कार्य प्रति हामी पेनडाउन गरि शसक्त आन्दोलनमा उत्रिन बाध्य भएको जारी विज्ञप्तीमा भनिएको छ ।विज्ञप्ती

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya