राजेन्द्र कार्की । जाजरकोट
चोरीको आरोपमा जाजरकोट प्रहरीले दुई बालकलाई पक्राउ गरेको छ । पश्चिम रुकुम चौरजहारी नगरपालिका ९ का हिमाल बुढाथोकी र सोही ठाँउका १४ बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको हो । सदरमुकाम स्थित शान्तिचौताराबाट दुवै जनालाई केही समान र नगद सहित पक्राउ गरिएको हो ।
केही दिन अघि भेरी नगरपालिका ४ बोहरा स्थित कल्पना खड्का र भेरी नगरपालिका ३ ठाँटी स्थित मनोज शाहको पसल ताला फोडेर चोरी भएको थियो । ति पसलबाट नगद, रिचार्ज कार्ड, घडी, एरफोन लगायतका सामान हराएका र उनीहरु सँग खान तलास गर्दा उक्त समान फेला परेको प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । अन्य स्थानबाट पनि केही पसलहरु चोरी भएका जानकारी आएको छ । उनीहरुलीाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको छ थापाले भने ‘उनीहरुलाई कानुन बमोजिम मुद्धा प्रक्रिया अघि बढाईने छ ।’