राजेन्द्र कार्की । जाजरकोट
करेन्ट लागेर जाजरकोटको नलगाड नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर घाईते भएकी नलगाड नगरपालिका–१० की २३ बर्षिय रमिता ध्यारको मृत्यु भएकोे प्रहरीले जनाएको छ । रुकुमपश्चिमको आठबीसकोट–९ राडी स्थित नगर अस्पतालमा उपचारका क्रममा शनिवार राती उनको मृत्यु भएको हो ।
सनिबार बेलुकी साढी ६ बजेतिर केटेन्ट लागेर घाईते भएकी रमितालाई उपचारका लागि तत्काल रुकुमपश्चिमको आठबीसकोट–९ राडी स्थित नगर अस्पतालमा पुर्याईएको थियो । आफन्तका अनुसार करेन्ट लागेर मृत्यु भएकी रमिताको पेटमा ९ महिनाको बच्चा रहेको थियो ।
धोएका कपडा विजुलीको तारमा सुकाउन लाग्दा रमितालाई करेन्ट लागेको थियो । करेन्टबाट रमितालाई बचाउन पुगेकी २५ बर्षिय प्रमिला ध्यार र ६५ बर्षिय बेलु ध्यारलाई पनि करेन्ट लागेर घाईते भएका थिए । घाईते भएका तीनै जनालाई रुकुमपश्चिमको राडी स्थित नगर अस्पतालमा पुर्याईएको थियो । अन्यको अवस्था सामान्य रहेको छ ।