नलगाडको निति तथा कार्यक्रम ः स्वास्थ्य मुख्य प्राथमिकतामा

प्रवाह संवाददाता । जाजरकोट

नलगाड नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५६ करोड ८६ लाख ८४ हजारको बजेट प्रस्ताव गरेको छ । नगर उप–प्रमुख बालकुमारी बस्नेतले आठौं नगरसभाको बजेट बक्तव्यमा ५६ करोड ८६ लाख ८४ हजारको बजेट प्रस्तावित गरेकी हुन् । नगर उप–प्रमुख बस्नेतले चालु खर्चतर्फ ३७ करोड १ लाख ५० हजार र पुँजीगत खर्च तर्फ १९ करोड ८५ लाख ३४ हजारको बजेट प्रस्ताव गरेकी हुन । समपूरक कोष तर्फ १ करोड ५० लाखको बजेट प्रस्ताव गरेकी छन् ।

सशर्त अनुदान तर्फको पुँजीगत खर्चमा २ करोड २६ लाख र बिभिन्न बिषयगत क्षेत्रलाई समेट्नेगरी ८ करोड ३९ लाखको बजेट प्रस्ताव गरेकी छन् । त्यसैगरी उप–प्रमुख बस्नेतले कन्टनजेन्सी तर्फ ३० लाखको बजेट प्रस्ताव गरेकी छन् ।

bhumi-sanrakshyan

यस अघि नलगाड नगरपालिकाको आठौं नगरसभा नगर प्रमुख टेकबहादुर रावलले उद्घाटन गदै आगामी आवको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगर प्रमुख रावलले प्रस्तुत गरेको २०७८÷०७९ को नीति तथा कार्यक्रममा प्राथमिकता क्रममा क्रमशः स्वास्थ्य तथा सरसफाई, कृषि पशुपालन तथा रोजगार, पूर्वाधार विकास, शिक्षा तथा खेलकुद विकास, यातायात तथा बिद्युत क्षेत्र, सिपमुलक कार्यक्रम तथा लक्षित वर्ग, साँस्कृतिक प्रबद्र्धन लगायतका क्षेत्र समेटेका छन् ।ं

स्वास्थ्य क्षेत्रको कोभिड–१८ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारलाई प्राथमिकता दिएको बजेटले सबै वडा तथा टोलमा रहेका स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई केन्द्रका भवन निर्माण, औषधी तथा स्वास्थ्य सामाग्री खरिदलाई प्राथमिकता दिएको छ

कृषि, पशु पालन तथा रोजगार क्षेत्रमा बजेटले नमुना बस्ती बिकास, कृषि तथा पशुपालनलाई प्रबद्र्धन गर्न छनौट गरिएका पकेट तथा ब्लकका क्षेत्रमा लगानी बिस्तार गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटमा नगर प्रमुख रोजगार कार्यक्रमको बजेटलाई म्याचिङ्ग गरेर संचालन गर्न प्रस्तावित बजेटले प्राथमिकता दिएको छ ।

सुत्केरीसंग उप–मेयर कार्यक्रम अन्तरगत घर–घरम झण्डा, हात–हातमा अण्डा कार्यक्रम संचालन गरेर सुरक्षित मातृत्व तथा नवजात शिशुको मृत्यु दरलाई कम गर्न बजेटले प्राथमिकता दिएको प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिंहले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya