प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटको कुशे गाउँपालिकाले १० औ गाउँसभामा आगामी आर्थिक बर्षका लागि ४८ करोड २९ लाख ७४ हजार रुपैयाको बजेट विनियोजन गरेको छ । उपाध्यक्ष रामछाया कुमारी शाहीले ४८ करोड २९ लाख ७४ हजारको बजेट प्रस्ताव गरेकी हुन् । पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जना बजेटका मुख्य प्राथमिकता रहेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले बताए ।
बजेट सार्वजनिक गर्नु अघि गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थिए ।अध्यक्ष बस्नेतले प्रस्तुत गरेको गाउँपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, सडक लगायतका पुर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । अध्यक्ष बस्नेतले १० नगरसभाको उद्घाटन गरेका हुन् ।