सेभ र पाँचतारा द्धारा ११ लाखका स्वास्थ्य सामग्री सहयोग

राजेन्द्र कार्की । जाजरकोट

सेभ द चिल्ड्रेनको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्चले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । करीव ११ लाख मूल्य बरावरका विभिन्न स्वास्थ्य सामग्री आइतवार हस्तान्तरण गरिएको हो ।

अक्सिजन कन्सन्ट्रेटर पाँच थान, अक्सिजन सिलिन्डर नौ थान, एक सय थान सेट पिपिई, एन ९० मास्क एक सय थान, पल्स अक्सिमिटर १० थान, एक हजार दुई सय ग्लोब्स, पचास एमएलका सेनिटाइजर ५० पिस, नोजल क्यानल २० थान, सिम्पल अक्सिजन फेस मास्क २० थान, आइआर थर्मोमिटर तीन सेट लगायतका सामग्री निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक टिकाराम जैसीलाई हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक मञ्चका कार्यकारी निर्देशक छवि पन्तले बताए ।  उक्त सामग्रीको मुुल्य ११ लाख नौ हजार रहेको कार्यकारी निर्देशक पन्तले बताए । सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अमिन शाहको समेत सहभागिता रहेको थियो ।

bhumi-sanrakshyan

यस अघि पनि पाँचताराले ६ लाख बराबरका स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालयलाई सहयोग गरेको थियो । महामारी नियन्त्रणमा हातेमालो गर्न र थोरै भए पनि सहयोग पुरयाउन सामग्री सहयोग गरिएको कार्यकारी निर्देशक पन्तले बताए । स्वास्थ्य सेवा ब्यवस्थापक जैसीले संकटको बेला पटक पटक अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेर कोभिड विरुद्धको लडाइमा हातेमालो गरेकोमा पाँचतारा र सेभ द चिल्डे«नलाई धन्यवाद दिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya