बालकुमार शर्मा
विहानै सामाजिक संजाल हेरेको म पनि पत्रकार भएकोले के रहेछ सामाजिक दुनियाको अवस्था अपडेट हुदै थिए , विहान रेडियोको नियमित समाचार संकलन गर्दे थिए मित्र दिप वहादुर घर्तीले हाम्रो पत्रकारको ग्रुपमा वहाको स्टेटस राख्नु भएको रहेछ प्राय जाजरकोटका पत्रकारहरुको मन मुटाव ,सल्ला सुझाव , पत्रकार लक्षित केहि भए तेहि ग्रुपमा छलफल हुने गर्छ ,कुनै घटना समाचार आदि भएमा प्राय तेहि जानकारी पनी हुने गर्छ , सिक्ने र सिकाउने अनि रिसाउने , सवै त्यहा हुने हाम्रो गु््रप छ अधिकास जिल्लाका पत्रकार त्यसमा जोडिएका छौ ।
उसो त पूरुष पत्रकारको तुलनामा महिला कम छन् र पनि केहि महिला पत्रकार पनि तेसमा हुनुहुन्छ जसले गर्दा ग्रुप भित्र अनुशाुसन पनि कायम रहेको छ । कहिले काहि यस्ता सूचनाहरु आउछन जस्ले सवैलाई सोच्न विवश बनाइदिन्छ । आज विहानै म समाचार खोजि गरिरहेको थिए जिल्लाका अग्रज पत्रकार हरिहर सिंह राठौरले लेखेको स्टेटसले मन छोयो । हुन त म पनि कहिले काहि लेख्छु ।
जाजरकोट जिल्लाका नेताहरुबाट जति हामीले आशा गर्र्यौ ति सवै त पुरा हुने कुरा भएन केहि त हुनु पर्ने नी त्यो पनि नभएको भान हुन्छ ।अलि वढि सोच्ने भएर हो की ,धेरै कुराको ज्ञान मिसिएर हो की , देश विदेशका विकास हेरेर , पढेर , त्यस्तै विद्धान साथीहरुको संगत वढि भएर हो की यो नेपालको शासकिय व्यवस्थामा आशा गरेको प्रतिफल नपाएर पाएर हो की रत्तिभर चित्त वुझ्दैन सवै देखि वितृस्ना लागेर आउछ ।
यस्तो मलाइ मात्र हो की जस्तो लाग्थ्यो पहिले पहिले पछि सामाजिक संजालमा आफ्ना विचारहरु विशाउने ठाउँ बनाउनु भएका थुप्रै मित्रहरुको स्टाटस हेर्दा म जस्ता धेरै रहेछन लागिरहन्छ । दिन दिनै धेरै वढिरहेका छौ त्यो पनि सत्य हो ।
अनि लाग्छ मैले लेख्दा कम्तिमा १० जना त प्रभावित होलान नी मेरो विचार मा चित्त वुझाउने भनेको १०० भन्दा बढि खुशी र समर्थन पाउछु मैले वोल्ने आवाजमा पनि ५,१० जना त समर्थनमा होलान भन्ने ठान्थे तर तेहा पनि १०० भन्दा वढीको वाहा वाह पाउछु भने पछ म जस्तै मेरो जन्म भुमिमा वस्ने १०० जनाले त १० हजार जनालाइ प्रभावित पार्न सक्ने रहेछौ हामी सवैले जुट्यौ भने अभियान बनाएर १० लाख जना प्रभावित हुन सक्ने रहेछन् भने यो मुलुक किन परिर्वतन गर्न नसकिएलार भन्ने लाग्न थाल्यो । यस्तै विचारहरुका विचमा आज मैले हरिहर सिंह राठौरको स्टाटस पनि पाए हो म जाजरकोटी हु र जिल्ला बासीहुनुमा गर्ब गर्छु । मेरो जन्मभुमी हो जाजरकोट तर यहाँका आज सम्मका मानिस जो नेतृत्वमा पुगे ति सवै सफल भए त भन्ने छैन तर केहि अवस्य सफलनै भएका हुन तर तिनबाट जति जनताले आशार भरोसा बोकेका थिए ति पुरा नहुदा विरोध हुनु शोभाविक पनि हो ।
नेता भए पछि गालि र तालि पाइन्छ तर के वढी पाइयो भन्ने कुरा इतिहासले मुल्याकण गरेकै छ त यसमा रिसाउनु पर्ने दुःख मान्नु पर्ने कुरै छैन । तर कहिले काही जिल्लाका विशेष व्यक्तिहरुको निराश पन जस्तो लाग्ने स्टाटस किन आउछ ? यी त वोल्न भन्न सक्छन, गाउँमा इन्टरनेत समेत नदेखेका कैयौ नागरिकका यस्ता विचार पनि मनमा साचेर राखेका छन् भन्ने पनि वुझ्न जरुरी छ त्यो पनि कसैले सोच्दैन भने त्यसको परिणाम पछि थाहा हुनेनै छ ।
आज आएको राठौरको स्टाटस गम्भिर कुरा छ ।राठौर जत्तिको देश वुझेको पत्रकार सायद नेपालमा कमैछन् । किन लेखे होला यस्तो ? हामी कहिलै सोच्दैनौ उ यस्तै हो लेख्छ भनेर मजाक उडाउछौ । अरु नानाथरीका कुरा जोड्छौ फटाहा यस्तो उस्तो , जो सम्वन्धित कुरै छैन हाम्रो मनस्थिति यसरी अगाडी वढिरहेको छ ।
जाजरकोटका थुप्रै सभाबना बोकेका राजनीतीको यात्रामा होमिएका युवाहरुह हुनुुहुन्छ ,कतिपय लाग्दै हुनुहुन्छ तर पनि वितृस्नाले हामीलाई फाइदा त गरेको छैन तर सोच्न विवश बनाएको छ । अन्य जिल्लामा सवै कुरा हुन सक्छ भने जाजरकोटमा किन हुदैन । जे काम पनि अन्तिममा हुने , भएका काममा नाता गोता आफन्त मात्र हेर्ने र गरेका काम पनि नियमसंगत कुनै पनि नहुनु दुर्भाग्य हो । यहा हुने सवै विकास निर्माणका काममा अपारदर्शिता रहेका हुन्छन् ।
यहाँ आउने अधिकास कार्यालयका प्रमुख र लेखापालहरु कमाउने सोचमानै देखिन्छन नयाँ फ्रेस युवाहरु बाहेक सवै मैले राम्रो मन गरेका आज सम्म देख्न सकेको छैन दुई ,चार जना बाहेक जिल्लाका माथिल्लो तह र तप्कामा पुगेका कर्मचारी प्रशासनमा चक्र वि.सी ,पुष्पराज शाही जस्ता युवाहरुलाई आफ्नै जिल्लाका नेताहरुले चिन्न सकेनन् उल्टै जिल्लामा सेवा गर्न समेत दिएनन् जत्तीको जिल्लाका युवालाई आफ्नो जिल्ला प्रति माया हुन्छ त्यो कदापी अरु ठाउँका लाई हुदैन यो सामान्य सदवुद्धी पनि नेताहरुमा आउन सकेन ।
यस्तै राम वहादुर शाही , गणेश विक्रम शाही ,लगाएत सुरेश सुनार जस्ता होनहार युवाहरु पनि नेपालको निजामती कर्मचारी प्रशासनमा राम्रै छाप पार्न सफल छन् तिनीहरुलाई पनि जिल्लाका उच्च तहमा पुगेका नेताहरुले राजनीतिकरण गर्छन ,छुट्याउछन अनि कहाँ जिल्लो राम्रो अवशर पाउला ? यी सवै युवालाई वुझेका र राम्रो अध्यन गरेका राजिव विक्रम शाहको नियतमा चै मैले तेरो मेरो देखिन जो अरुले गर्छन । जुन पार्टीमा आस्था होला तर संसार वुझेको र पढेको मान्छेमा धेरै फरक पर्दोरहेछ ।
हामीले के का लागि राजनीति गर्नेहो र आफ्नो जिल्लाका नागरिकको जिवन स्तर माथि उठाउन , सवल र सक्षम बनाउन र राज्यको माथिल्लो निकाय सम्म जाजरकोटको वचृस्व कायम गर्न त होला । त्यो त सवै नेतालाई थाहा हुनु पर्ने हैन र ? यसमा किन विभेद गरिन्छ । हामी सवै जिल्ला बासी एक भएर जिल्लाको लागि विकास ,योजना , परिर्वतन किन गर्ने सदवुद्दी आउदैन ?
अचम्मित बनाउछ । र पनी यो पद्धतिमा यसलाई सामान्यनै मान्नु पर्ने अवस्था छ । हुदा हुदा समाजमा आव गलत कामको विरोध गर्न सक्ने मान्छे पनी सकिन थाले । सानो कुरामा सुझाव दिदा त म नै विद्धान म नै सव ठिक म नै राज्य हु भन्न थाले अवको समाज कता जादै छ कहिलै कसैले यकिन गर्न सकेको छैन । समाज आफै रफतारमा हिडिरहेको छ अबका केहि बर्षमा यो समाजमा आउने परिर्वतनलाई कसैले थाम्न सक्ने छैन ।
त्यतिवेला कसरी नेता बन्ने यो पनि सोच्न जरुरी छ । अहिले नै पुर्वीय पाश्चात्य सस्कारले जडा गाड्न थालि सकेको छ । सामाजिक संजालमा नजिक भएर कैयौ युवती र युवाहरु आफ्नै परिर्वतित सस्कारमा मस्ती गर्न थालिसकेका छन् । पढन गएकी छोरी र वुहारी कुन पार्कमा रमाइ रहेका छन् कुन होटलमा पढीरहेका छन् , साथीको जान्छु भनेर हिडेकी छोरी , जाजरकोटबाट रुकुमका कुन जंगल र होटलमा आफ्नो अन्तरंग मित्र संग रुमलिरहेकी छन् त्यो कसैलाई पनि याद छैन ।
भए पनि न थाहा पाए जस्तो गरी अवुझ भएको अवस्था छ । राति राती टिउसन पढुन गएकी छोरीको कुमारीत्व भंग भई सक्यो ,दर्जनौ कुमार र कुमारीहरु अहिलेको हाम्रो सस्कारबाट वाहिर गई सके ,टिक टक , फेसवुक र इन्सटाग्राममा वंगुरे ओठ अनि , बादरे सेल्फी , विराले नजर , बाटै थाहा हुन्छ समाज कता जादैछ ।हामी कता जादैछौ । के यही हो समाज रुपमान्तरण ? अब यी र यस्ता भोटरहरुले अव के चाहालान सोच्न कसैले सकेको छैन । खाली सडक निर्माण भन्यो सेटिगंमा उपभोक्ता समिति बनायो प्रतिशन असुलेर काठमाण्डौ ,सुर्खेृतर नेपालगंज लगाएतका शहरमा घर ,उद्योग धन्दा चल्ला तर तिम्रोमनमा सन्तुष्टि अवश्य आउने छैन ।
यसले अरुलाई पनि तेहि रफ्तारमा जोड्ने छ र परिणाम झन भयाबह हुने निश्चित छ । जिल्लाका नव युवाहरु पनि अगाडीका नेताले चलाएको बाटोमानै हिड्न प्रेरित हुनु पनी दुःखद हुनेछ ।
यसर्थ अहिलेको सचेन नागरिकलाई जिल्लामा राजनिती गर्ने विकास प्रेमी कुनै नेता नभएको भान हुन थालेको छ । जाजरकोट भन्दा रुकुम रफतारले अगाडी वढेको महशुस हुन थालेको छ । रुकुमका नेताहरुले हरेक कार्यमा देखाएको कृयाशिलता जाजरकोटका नेताहरुलाई कहिलै प्रेरणा हुन सकेन । जाजरकोटीहरु हुन त रुकुमलाई हेला गर्ने सोच राख्छन र उनीहरुको अगाडी जाजरकोटी पाराको दम्भ देखाउन पछि पर्देनन् कुरा गर्दा कार्यक्रममा सहभागीता हुदा रुकुमको अगाडी बर्जस्वाठ त पर्छन तर काम गर्ने कुरामा निकै पछाडी भएको यथार्त त सवैले वुझी सकेकाछन् । जाजरकोटमा टेन्डर हुदा जाजरकोटलाई नपाइने तर रुकुमलाई चाहि पाइने यो किन ? अरु पनि थुप्रै बजेट तथा कार्यक्रम राख्ने कुराले रुकुमका नेतृत्वलाई हरेक कुरामा निपुनता देखाइदिएको छ ।
हरेक क्षेत्रमा रुकुमका नेतृत्वले मिलउने सेटिगंले धेरै वुद्धमानता प्रशन गरेका छन् तर जाजरकोटका नेताले आफना नातागोता र केहि चम्चा कार्यक्रता बाहेक कसैलाई चिन्न सकेनन् यो दुखद हो यहिको प्रतिफल हो वेला बखत लाग्ने असक्षमताको आरोप यसमा निकै दुःख मान्नु पर्ने कुरै छैन । आज आएको राठौरको स्टाटस समग्र जिल्लाका विद्धान वर्गको प्रतिनिधित्व गरेको मैले महशुष गरेको छु यत्तिको यति धेरै वुझेको पत्रकारले लेख्नु सवैलाई राम्रो नलाग्ला तर पनी दिक्क भएको नैराश्यतालाई उनले लेखेका हुन । यो सवै जाजरकोटी सचेत बर्गको प्रतिनिधित्व हो यसरी वुझौ र अबका दिनमा यस्ता भावना जिल्ला बासीका आउन नदिने गरी काम शुरु गरौ तबमात्रै केहि परिर्वतनको आभास हुने छ । यो दुनियमा नेता मात्रै सर्वै सर्वा भइन्न सवैको समन्वय र बुद्धिमताले जिल्लाको लागि केहि गर्न सकिन्छ एक पटक सवै जिल्ला बासी सचेत वर्गहरु संग जिल्लाको रणनैतिक योजना बनाउदै छलफल तथा सेमिनार गरौ ,सवै एक ढिक्का भएर जिल्लाको विकास र अग्रगतिलाई तिव्रताको लागि सबैले सौचौ । नत्र कहिलै जिल्लाले प्रगति गर्न सक्दैन र यहाका युवाहरु पनि सधै गालि गरिरहेने छन् नेतृत्व प्रति सवैलाई चेतना भया ।