महेन्द्र जङ्ग पाखे
गणतन्त्र एक राजनीति शब्द हो। ‘गण’ को अर्थ जनता र ‘तन्त्र’ को अर्थ शासन भन्ने हुन्छ । यसर्थ गणतन्त्र जनताको शासन हो । प्राचीन मनुस्य गणमा बस्थ्यो र गणको निर्णय आधारमा चल्थ्यो। सामाजमा वर्गको शुरुवादपछि शासन गर्ने शासकको जन्म भयो र कालान्तरमा त्यस्तोे शासकलाई ‘राजा’ को पदवी दिइयो त्यही शासक वंशानुगत हुने परमपरा चल्यो। युरोपेली सामाजको प्रारम्भिक कालको उतराद्र्धमा र मध्यकालमा राजतन्त्रलाई बलियो बनाइयो र त्यसका साथै धर्मशास्त्र, नीतिशास्त्र र साहित्यशास्त्र समेत रचना भयो । पुर्वीय सामाजमा पनि सामान्ती युगका हिमायतीहरु बलियो देखियो जसका कारण राजतन्त्रको शुभारम्भ र राजालाई ‘बिष्णु’ को अवतार र भगवानका ओहदामा राख्दै आनुवंशीक परमपराको शुरुवाद भयो ।
राजतन्त्रको यस परमपरालाई चुनौती दिने क्रममा नै राजनीति प्रणालीका रुपमा गणतन्त्रको जन्म भएको हो । यसर्थ गणतन्त्र भनेको राजतन्त्रको अन्त्यको अवस्था हो अथवा राजतन्त्रविनाको जनताको शासन हो । नेपाली जनतामाथि शासन गर्ने शासक वंश परम्पराको आधारमा पुर्व निर्धारित हुने प्रणालीको सट्टामा जनताको मताधिकारको आधारमा शासकहरुको निर्वाचन गर्ने प्रण।ली नै गणतन्त्र हो ।
नेपालमा झण्डै २ सय ४० वर्षसम्म जरा गाडेको राजतन्त्र र राजतन्त्रभित्रका परमपरावादी सोचाई राख्ने दरबारिया भरौटे,आसेपासे तथा निरंकुश प्रवृतिका व्यक्तिहरुको कारणले देश न उभो लाग्छ नत मूलुकमा प्रजातन्त्रको उदय भए पश्चात चाहे त्यो २००७ साल होस, २००७–२०१७ होस, चाहे २०४६ सालको पुनस्थापित प्रजातन्त्र नै किन नहोस । सबै राज्य व्यवस्थाहरुले देश र जनताहरुको लागि न कुनै योगदान दिन सके न राज्य व्यवस्था नै सुदृढ गर्न सके। गरे त केवल ! नातावाद, कृपावाद, कमिशनतन्त्र, घुसखोरी, भ्रष्ट्राचार लगायतका अनेकौ षडयन्त्रहरुमा बिलिन हुनपुगे तर प्रजातन्त्रको सुदृढ र स्थिरता कायम गर्न असफल भए ।
विश्व बदलिदो र देशको बिग्रदो परिस्थितीले २०५२ सालबाट नेपालमा माओवादी विद्रोहको जन्म भयो । उक्त माओवादी जन्मसँगै गणतन्त्रको वकालत गर्दै आयो। उक्त माओवादी जनयुद्धसँगै “के खोज्छस् कानो आखाँ” भने झैं वि.स. २०५८ साल जेठ १९ गते नारायणहिटी राज दरबार हत्याकाण्ड भयो। मरनासन्न अवस्थामा रहेका श्री ५ युवराज धिराज दिपेन्द्र बिर बिक्रम शाहलाई राज्यरोहण गरियो। श्री ५ युवराज धिराज दिपेन्द्र बिर बिक्रम शाहले मात्र ३ दिन नेपालको राज्यसत्ताको बागडोर समालेको इतिहास साक्षी छ।
जुन विश्वको इतिहासमा कम राज्यसत्ता चलाउने राजाका रुपमा चिन्न सकिन्छ । दरबार हत्याकाण्डको जाँचबुझ समितिले श्री ५ युवराज धिराज दिपेन्द्र बिर बिक्रम शाहलाइ हत्याराको बिल्ला भिराई दियो तत् पश्चात मिति २०५८ जेठ २२ गते श्री ५ ज्ञानेन्द्र राजा भए । त्यो समयमा एकातिर माओवादी जनयुद्ध चरम अवस्था चलिरहेको थियो भने अर्कोतिर भ्रष्ट्राचारले देश चरम व्यवस्थामा पुगेको महशुस पश्चात राजा ज्ञानेन्दले २०५९ सालमा भ्रष्ट्राचार निवारण ऐन जारी गरे ।
देशको बिग्रदो अवस्थालाई मध्यनजर गर्दै विक्रम संवत २०६१ माघ १७ गते प्रतक्ष्य शासन गर्नपुगे । राजाको प्रतक्ष्य शासनकै कारण २०६१÷२०६२ सालमा राजनीतिक दलले जन आन्दोलन गरे । द्धन्द्धात्मक शैलीमा उत्रेको माओवादीले सातदलीय गठ बन्दनसँग भारतको दिल्लीमा २१ बुँदे सहमती गरि शान्तिपूर्ण आन्दोलनमा सामेल भयो।
विश्वको इतिहासमा राजाले राज्यसत्ता बचाउने दाउमा बितण्डा मच्चाएको पाइन्छ तर राजा ज्ञानेन्दले २०६३ साल वैशाख ८ गते “जनताको नासो जनतालाइ नै सुम्पेको” घोषणा गरे। त्यसपछि विक्रम संवत २०६३ साल वैशाख ११ गते प्रतिनिधी सभाको पुन स्थापना गर्ने घोषणा गरियो । संविधान सभाको पहिलो वैठकले विक्रम संवत २०६३ साल जेठ १५ गते नेपाल गणतान्त्रिक मूलुक भएको घोषणा गर्यो। यसरी नेपालमा राजतन्त्रको ओैपचारिक रुपमा अन्त्य भयो।
नेपाल गणतान्त्रिक मूलुक घोषणा हुनुमा देशमा नातावाद, कृपावाद, कमिशनतन्त्र, घुसखोरी, भ्रष्ट्राचारले जरा गाड्नु, माओवादी जनयुद्धको जन्मसँगै गणतन्त्रको वकालत गर्नु, दरबार हत्याकाण्ड हुनु, राजाले प्रतक्ष्य शासन गर्नुका साथै राजनीतिक दलले जन आन्दोलन गर्नुलाई मुख्य कारक तत्वका रुपमा लिन सकिन्छ । नेपाल गणतान्त्रिक मूलुक घोषणा हुनुमा मूख्य श्रेय माओवादी जनयुद्धलाई लिने गरेको पाइन्छ।
नेपालको राजनीतिमा गणतन्त्र पश्चात पहिलो त संविधान सभाको निर्वाचन र संविधान निर्माण गर्नु। त्यसपछि संविधान सभाको निर्वाचन र संविधान निर्माण पश्चात गणतान्त्रिक मूलुकलाई संस्थागत गर्न संविधानको कार्यान्वयन गर्नु नै जनताद्धारा गरिएका आशा÷अपेक्षाहरु थिए। यस अलाबा विदेशमा पलायन भएका झण्डै ५.५ मिलियन युवा नेपाल फर्केर आफ्नै भूमीमा केही गर्न सरकारले सहयोग गरोस्। कानुनी राज्यको लागु होस्।
देशमा दशकौंदेखि कलकारखाना पुन संचालनमा आओस्। देशवर्षौंदेखि दलाल, घुसखोरी, भ्रष्ट्राचारीहरुले ब्रहमालुट गरे, भ्रष्ट्राचारीहरु विरुद्ध कारबाही होस्। देशले सुशासन, पारदर्सिता, जवाफदेहिताको र वातावरण संरक्षणको अभ्यास गरोस्। देशमा भएका वेरोजगारी युवाहरुलाई रोजगारको व्यवस्था होस्। देशमै पिछडिएको कर्णाली प्रदेश, जाजरकोट, हुम्ला, जुम्ला, कालीकोट र मुगुमा शिक्षा, स्वास्थ्य, गास, बास, कपास र रोजगारीको व्यवस्था होस्,। निर्मला र नवराजहरुलाई न्याय दिएको हेर्ने अपेक्षा गरिएको थियो।
पिछडिएका, दलित, महिला, जनजाती, मधेसी, बालबालिका, पछाडि पारिएका, अपाङ्गता भएका व्यक्तिहरुको विशेष व्यवस्था कागजीरुपमा मात्र होइन ब्यहवारिक रुपले व्यवस्था होस। गरिब देशका नागरिकहरुलाई यसरी करको मारमा नपारियोस्े र २१औं सताव्दीको गणतान्त्रिक मूलुकमा लैङ्गिक, जातीय र वर्गीय विवेदको अन्त्य भएको होस् भन्ने अपेक्षा राखेका नागरिकले के अपेक्षा पुरा गरे, के अपेक्षा बाँकी रहेत नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा ।
नेपालको राजनीतिमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पश्चात संविधान सभाको निर्वाचन र संविधान निर्माण, संघिय व्यवस्था, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्न संविधानको कार्यान्वयन लगायत सोही व्यवस्थाको कारण एक साधारण परिवारको सदस्य राष्ट्र प्रमुख हुने अवसर प्रदान गर्नुका साथै नेपालको संविधानमा सर्व साधारण नागरिकलाई सार्वभौमसत्ता सम्पन्न नागरिकको दर्जासम्मको व्यवस्था गरियो। यिनी सकारात्मक प्रगतिहरुसँगै बिडम्वना एक जना साथीले फेशबुकको स्ट्याटसमा पोस्ट गर्नु भएको थियो “स्कूल बन्द छ , फी चालु छ । व्यवसाय बन्द छ , ब्याज चालु छ ।
देश बन्द छ , कर चालु छ । नेतालाई मालामाल छ ,जनतालाई आलु छ” भने जस्तै त भएन कतै नेपालको राजनीतिमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था? नेपालका नागरिकहरुको चाहना लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पश्चात देश समृद्धीतिर जावस तर देश त काण्डै काण्डमा मुछियो, हेर्नुहोस त काण्ड ! कोरोना काण्ड,बालुवाबटार काण्ड, ओम्नी काण्ड, फोर्जी काण्ड, वाइडबडी काण्ड, एन सी एल काण्ड, ७० करोड काण्ड, ३३ तोला सुन काण्ड, निर्मला काण्ड र नवराज काण्ड यी त भए प्रतिनिधीमूलक मात्र ।
यस्ता नातावाद, कृपावाद, कमिशनतन्त्र, घुसखोरी, भ्रष्ट्राचार, हत्याहिंसा, बलात्कार, लुटपाट, चोरी, तस्करी,काण्डहरु स्थानीय तह, प्रदेश, संघ र संग संस्थाहरुमा खोजी गर्ने हो भने एक महाभारत बन्ने निश्चित छ । नेपाली जनताको त्याग , तपस्या र १७ हजार शहीदहरुको बलिदानले आएको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हो कतै “बाँदरको हातमा नरीवल” नहोस ।
लेखक कुशे ९ पैक जाजरकोट निवासी हुन ।