जाजरकोटमा एक कारोना संक्रमितको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई हप्तादेखि जिल्ला अस्पताल जाजरकोटमा उपचार गराई रहेका नलगाड नगरपालिका–४ सिमाका ६४ बर्षिय पुरुषको मृत्यु भएको हो । प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ८ गते गरिएको एन्टीजेन परीक्षणको रिर्पोटले उनलाई कोरोना नेगेटिभ देखाएको थियो । तर १० गते गरिएको पिसिआर परिक्षणबाट उनलाई कारोना पोजेटिभ देखिएको थियो ।

कोरोना पुष्टि भएपछि उनका छोराहरुले उपचार गर्न सुर्खेतको कालागाउँ स्थित प्रदेश अस्पतालमा पुर्याएका थिए । प्रदेश अस्पतालको आइशोलेसनमा पाँच दिनसम्म उपचारपछि पनि स्वास्थ्य अवस्थामा खासै सुधार नआएपछि उनलाई जाजरकोट ल्याईएको थियो । नियमित अक्सिजन सहित जिल्ला अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था विग्रदै गएर उपचारको क्रममा शुक्रवार ज्यान गएको स्थानिय बद्री पन्तले बताए ।
उनको मृत्यु सँगै जिल्लामै ४ जना संक्रमितको मृत्यु भएको छ । जिल्लाबाट रिफर गरिएका ३ जनाको जिल्लाबाहिर उपचारको क्रममा मृत्यु भएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad