राजेन्द्र कार्की । जाजरकोट
लापरवाहीले गर्दा जाजरकोटमा कोरोना संक्रमणबाट एक बृद्धको मंगलबार मृत्य भएको छ । जिल्ला अस्पतालमा उपचारको क्रममा भेरी नगरपालिका–७ दोकानाका ७८ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका महामारी फोकलपर्सन कृष्ण खत्रीले बताए । समयमा उपचारको ब्यवस्था मिलाउन नसक्दा उनको मृत्यु भएको हो ।
गत बैसाख २५ गते स्याउली बजारमा गरिएको एन्टीजेन परिक्षणबाट कोरोना पुष्टी भएका ति पुरुष होम आईशोलेसनमै बसेर उपचार गराई रहेका थिए । उनको अवस्था जटिल भएपछि मात्र मंगलवार दिउसो साढे एक बजे जिल्ला अस्पतालमा पुर्याईएको थियो तर विरामी अन्तिम अवस्थामा पुगेकोले दुई घण्टापछि दिउसो साढे तीन बजेतिर मृत्यु भएको फोकलब्यक्ति खत्रीले बताए । समयमा उपचारको ब्यवस्था नगर्दा उनको ज्यान गएको हो । लापरवाहीकै कारण उनको ज्यान गएको स्वास्थ्यकर्मीको भनाइ छ ।
सहित जाजरकोटमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । गत बैसाख तेस्रो सातामा भेरी नगरपालिका–४ सिर्जना टोलकी ४५ बर्षिय एक महिलाको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । नलगाड नगरपालिका–११ का वडा सदस्यको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।
। जिल्ला प्रशासन कार्यालयको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा संक्रमित ८९७ जना मध्ये हालसम्म ३ सय ४९ जना निको भएका र ५ सय ४१ जना सक्रिय संक्रमित रहेको दैनिक प्रतिवेदन विवरणमा उल्लेख छ ।