April 20 - 2024, Saturday७ बैशाख २०८१, शुक्रबार

कुशेको दमदाला गाँउमा देखिएको रुघाखोकी र ज्वरो सिजनल फ्लु

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको कुशे गाँउपालिका ५ दमदालामा केही दिन अघि देखिएको रुघाखोकी र ज्वरो सिजनल भएको स्वास्थ्यकर्मीले बताएका छन् । गाँउका अधिकांश मानिसहरु ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहित विरामी भएको खवर सार्वजनिक भएपछि गाँउपालिकाको पहलमा त्यहाँ एक स्वास्थ्यकर्मीको टोली पुगेको थियो ।

कोरोना महामारीको आशंका गदै गाँउका ७१ जनामा कोरोनाको एन्टिजेन परिक्षण गरिएको थियो । त्यसमध्य चार जनामा मात्र कोरोना संक्रमण देखिएको र अन्यको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्यकर्मी दिनेश रावलले बताए । गाँउमा देखापरेको ज्वरो र रुघाखोकी अरु बेलाको जस्तो सामान्य सिजनल फ्लु हो । धेरै पानी परिरहेको र मौसम फेरिने समय भएकोले सिजनल फ्लुको रुपमा रुघाखोकी फैलिएको रावलले बताए । तातो पानी खाने, सामान्य औषधी खाने र आराम गरे सञ्चो भैहाल्छ आत्तिनु पदैन उनले भने –‘लक्ष्यणका आधारमा गाँउभरी कोरोना फैलियो कि भन्ने आशंका थियो तर खुसीको कुरा चार जना बाहेक सवैको रिपोर्ट नेगेटिभ आयो ।’ सिटामोल लगाएका औषधी र स्वास्थ्य परामर्श दिएर स्वास्थ्यकर्मीको टोली फकिएको हो । कोरोनाको आशंकाले स्थानिय त्रसित भएका थिए ।

गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले दमदालामा रुघाखोकी र ज्वरोका विरामी धेरै भएको खवर पाउन साथ स्वास्थ्यकर्मीको टोली परिचालन गरेर उपचारको ब्यवस्था मिलाईएको बताए । गाँउपालिका भरी नै स्वास्थ्यकर्मी अलर्ट अवस्थामा छन् तर किटको अभावले सवैलाई परिक्षण गर्न सकिएको छैन । स्वास्थ्य सेवा कार्यालयमा पनि किट नभएको र अन्न ठाँउमा किन्न पनि नपाईएकोले समस्या भएको अध्यक्ष बस्नेतको भनाइ छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad