कोरोना उपचारका नाममा जथाभावी रकम संकलन नगर्न प्रशासनको निर्देशन

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा कोभिड १९ महामारी रोकथाम तथा उपचारको नाममा आफु खुसी रकम संकलन नगर्न स्थानिय प्रशासनले निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटले एक सुचना प्रकाशित गरि कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारको नाममा आफुखुसी रकम जम्मा गर्ने अभियान चालेको भन्ने टेलिफोन लगायत विभिन्न सुचनाका माध्यामबाट जानकारी प्राप्त हुन आएको हुँदा त्यसरी रकम संकलन नगर्न अनुरोध गरेको हो । रकम नभएर भन्दा अक्सिजन, उपकरण र जनशक्ति ब्यवस्थापनमा समस्या देखिएको होे ।

यसरी कोरोना संक्रमित, विरामी उपचारको नाममा जथाभावी रकम संकलन गर्ने कार्य कानुन विपरीत कार्य भएको स्थानिय प्रशासनले जनाएको छ । रकम जम्मा गर्न चाहनेले ब्यक्तिगत वा संस्थागत रुपमा राष्ट्रिय बाणिज्य बैक सिंहदरबार परिसर शाखामा रहेको कोरोना भइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं १९६०००००११०१ मा रकम जम्मा गरि सहयोग गर्न सकिने उल्लेख गरिएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya