कोरोना संक्रमणले वडा सदस्यको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

अक्सिजन अभावमा जाजरकोटमा कोरोना संक्रमणका कारण नलगाड नगरपालिकाका एक वडा सदस्यको मृत्यु भएको छ । नलगाड नगरपालिका वडा नम्बर ११ का वडा सदस्य एवं रग्दा गाविसका पुर्व अध्यक्ष भीमबहादुर मल्लको कोरोनाका कारण मृत्यु भएको हो । मल्लको निधन सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

लक्ष्यण सहितको कोरोना संक्रमण भएपछि उनलाई पश्चिम रुकुमको राडीबजार स्थित नगर अस्पताल लगिएको थियो । अवस्था जटिल बन्दै गएको र भेन्टिलेटरको समेत आवश्यकता पर्ने भएपछि रिर्फर गरिएका मल्ल अक्सिजन सहित नेपालगञ्ज लैजाने क्रममा बाटोमै अक्सिजन सकिएपछि मृत्यु भएको आफन्तले बताएका छन् । मल्ल पञ्चायत कालका प्रधानपञ्च, २०४९ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गाविस अध्यक्ष र गत निर्वाचनमा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । नलगाड नगरपालिकाका २० जना कर्मचारीमा गरिएको एन्टिजेन परिक्षणबाट ९ जनामा संक्रमण देखिएको भन्दै विहिवार देखि एक साताका लागि नगरपालिका नै सिल गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिहले बताए । जिल्लामा कुल सक्रिय संक्रमितको संख्या तीन सय ३७ जना रहेका छन् । २ सय नौ जनाले कोरोना जितेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad