जटिल खालका विरामी जिल्ला बाहिर रिर्फर गर्नु पर्ने बाध्यता
राजेन्द्र कार्की । जाजरकोट
समयमा उपचार नपाउँदा कोराना संक्रमण भएकी भेरी नगरपालिका–४ की ४५ वर्षीया महिलाको गत बैशाख २२ गते मृत्यु भयो । जाजरकोट अस्पतालमा उपचार हुन नसकेकि संक्रमित महिलालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । हप्ता दिन अघि कोरोना संक्रमण पुष्टि भएकी उनी होम आइसोलेसनमा थिइन । घरमै उपचार गराइरहेकी उनको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले बैशाख १९ गते जाजरकोट अस्पताल पु¥याएका थिए । स्वासप्रश्वास लगायतमा जटिल समस्या भएकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गुर्न पर्ने अवस्था थियो तर भेन्टिलेटर नभएपछि अस्पतालले नेपालगन्ज रेफर गरेको थियो । ‘अक्सिजन त दियौ तर समयमै भेन्टिलेटर सेवा पाएको भए बचाउन सकिने थियो’ अस्पतालका मेडिकल अधिकृत डा. अमिन शाहले भने –‘अस्पतालमा भेन्टिलेटर सेवा नभएपछि बाध्य भएर रिर्फर गरेका हौ ।’
जनशक्ति अभावमा जाजरकोट अस्पतालको भेन्टिलेटर प्रयोगविहीन बनेको छ । गत वर्ष खरिद गरिएको भेन्टिलेटर सञ्चालन नभई अस्पतालको एक कोठामा थन्किएको छ । अस्पतालमा भेन्टिलेटरसहितको उपचार नभएपछि संक्रमितलाई जिल्ला बाहिर लैजानु पर्ने बाध्यता छ ।
भेन्टिलेटर सञ्चालन गर्न तालिमप्राप्त विशेषज्ञ चाहिने तर नहुँदा सेवा संचालनमा ल्याउन नसकिएको डा. शाहले बताए । बेहोस बनाउन एन्थेसिया लगायतका विशेषज्ञ चिकित्सक नहुँदा भेन्टिलेटर संचालन गर्न नसकिएको उनको भनाई छ ।
साधनस्रोतको अभावमा कोरानाबाट जटिल अवस्थामा पुगेका बिरामीको रेफरको विकल्प नभएको स्वास्थ्य कार्यालयका प्रमुख टीकाराम जैसीले बताए । ‘अक्सिजनको समेत अभाव छ,’ उनले भने–‘ठेकेदारको ढिलासुस्ती र लापरवाहीले अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजनका सिलिन्डर भर्न नेपालगञ्ज पठाउनु पर्ने बाध्यता छ । ३६ ओटा अक्सिजन सिलिन्डर छन् ति खाली हुने वित्तिकै नेपालगञ्ज पठाउनु पर्छ तर लिन र ल्याउन निकै समस्या छ । त्यस्तै जिल्लामै पिसिआर मेसिन नहुँदा कोरोना परिक्षणका लागि सुर्खेत पठाउनु पर्ने बाध्यता छ । जाजरकोटबाट स्वाव संकलन गरि पठाइएका नमुनाको एक साता विति सक्दा पनि पालो आएको छैन । यी विविध समस्याले गर्दा कोरोना महामारी नियन्त्रमा निकै समस्या देखिएको छ ।’
जाजरकोटमा मंगलबारसम्म तीन सय ६६ जना सक्रिय संक्रमित छन् । विभिन्न ठाउँमा भएको पिसिआर र एन्टिजेन परीक्षणबाट संक्रमितको संख्या थपिँदै गएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल ब्यक्ति कृष्ण खत्रीले बताए । उनका अनुसार जटिल अवस्थाका ८ जनालाई उपचारका लागि नेपालगन्ज र सुर्खेत रेफर गरिएको छ । ५७ जना संक्रमितले कोरोना जितेका छन् । १४ जना अस्पतालको आइसोलेशनमा उपचाररत छन् । एक जना संक्रमितको मृत्यु भएको छ । अन्य सवै संक्रमित होमआइसोलेशनमा छन् ।
संक्रमितहरू गाउँ पस्न थालेपछि समुदायस्तरमा संक्रमण फैलिएको भेरी नगरपालिका–४ का रत्नराज हमालले बताए । ‘बाहिरबाट आएकालाई चेकजाँच नगरी गाउँमा पठाउँदा समस्या भयो,’ उनले भने, ‘तर पनि स्थानीय सरकार मौन छन् ।’ स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि पूजापाठ, विवाह, भोजभतेरलगायत धार्मिक कार्य धमाधम हुँदा संक्रमण भयावह बन्ने देखिएको उनको भनाइ छ ।
जिल्ला भर तीन सय ८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयका महामारी पोकल ब्यक्ति कृष्णबहादुर खत्रीका अनुसार ५७ जनाले कोरोना जितेका छन् । १४ जना जिल्ला अस्पतालको आइसोलेशनमा छन् । ८ जनालाई जिल्ला बाहिर रिर्फर गरिएको छ । एक जनाको मृत्यु भएको छ । संक्रमण भित्र भित्रै जिल्ला भर फैलिएको भएपनि परिक्षणको दायरा नबढाईएको स्थानियको गुनासो छ ।
स्थानिय प्रशासनले लकडाउन गरेपनि गाँउघरमा मानिसहरुको आवागमन रोकिएको छैन । खासमा लकडाउनको बेला सक्रिय संक्रमित पहिचान गर्ने, संक्रमितलाई अलग गराउने, कन्ट्रयाक टे«सिङ्ग गर्ने र परिक्षणको दायरा बढाउनु पर्ने हो तर झारा टार्ने बाहेक गंभिर रुपमा परिक्षणलाई तिव्रता दिन नसकेको पत्रकार महासंघका जिल्ला अध्यक्ष बालकुमार शर्माले बताए । ‘कोरोना नियन्त्रण र रोकथाममा सम्बन्धित निकाय गंभिर देखिएनन् । यस्तो तालले जति लकडाउन गरेपनि संक्रमण फैलने दर रोकिदैन’ उनले भने ।
जाजरकोटको छेडागाड नगरपालिकामा २२ जनामा कोरोनाको पिसिआर परिक्षण गर्दा २० जनामा संक्रमण देखिएको छ । भेरी नगरपालिका ४ सिर्जना टोलमा एक सय २० जनामा गरिएको कोरोना पिसिआर परिक्षणबाट ८० जनामा संक्रमण पुष्टि भएको छ । सिर्जना टोल एक साता अघि कोरोनाका कारण एक महिलाको मृत्यु भएको टोलमा ८० जना संक्रमित भेटिनुले संक्रमण भित्रभित्रै भुसको आगो झै सल्किरहेको स्वास्थ्यकर्मीको भनाइ छ ।