एउटै टोलका १२० को कोरोना परिक्षणमा ८० जना पोजेटिभ !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

केही दिन अघि कोरोना संक्रमणका कारण एक महिलाको ज्यान गएको भेरी नगरपालिका ४ सिर्जना टोलमा गरिएको कोरोना परिक्षणबाट ८० जनामा संक्रमण पुष्टि भएको छ ।

एक सय पाँच जनाको पिसिआर परिक्षण गर्दा ७३ जनामा संक्रमण देखिएको भेरी नगर स्वास्थ्य शाखा प्रमुख यज्ञनाथ गौतमले बताए । त्यस्तै सोही टोलमा १५ जनाको एन्टिजेन परिक्षण गर्दा सात जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए । परिक्षण गरिएका अधिकांशमा संक्रमण देखिएपछि स्थानिय त्रसित भएका छन् । वडाध्यक्ष खम्ब जंग शाहले सवैलाई सचेत रहन, स्वास्थ्य मापदण्ड पालना गर्न र घर बाहिर ननिक्लन आग्रह गरेका छन् । ज्यानमारा कोरानालाई सामान्य रुपमा नलिन उनको सवैलाई विशेष अनुरोध छ ।

त्यस्तै वडा नम्बर ३ का एक सय ६२ र वडा नम्बर १ र ४ का एक सय ८२ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । सुर्खेत स्थित प्रयोगशालामा पालो नपाउँदा रिपोर्ट आउन ढिलाई भएको हो । जिल्लाभर सक्रिय संक्रमितको संख्या तीन सय ८० पुगेको छ । ५७ जनाले कोरोना जितेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad