राजेन्द्र कार्की । जाजरकोट
जिल्लामा विपद परेको बेला हरेक पटक सघाउँदै आएका पुर्व साँसद राजिव विक्रम शाहले यसपटक विरामी ओसार्न एम्बुलेन्स पठाएर सहयोग गरेका छन् । नयाँ भेरियन्ट सहित फैलिएको कोरोना महामारीका जटिल खालका कोराना संक्रमित र अन्य विरामी जिल्ला बाहिर लैजानका लागि साँसद शाहले एम्बुलेन्स पठाएका हुन् ।
पुर्व साँसद शाहले गत बर्ष प्रदेश अस्पताल र कर्णालीका १० जिल्ला जिल्लामा एक करोड बरावरका स्वास्थ्य सामग्री सहयोग गरेका थिए । एउटा मात्र एम्बुलेन्स भएको र त्यो एम्बुलेन्स विरामी लिएर जिल्ला वाहिर गएको विरामी लैजाने एम्बुलेन्स नभएको सुनेपछि शाहले भारतिय राजदुतावासको सहयोगमा उनी अध्यक्ष रहेको कुमारी ट्रष्टलाई प्राप्त एम्बुलेन्स जिल्लामा पठाएका हुन् । भेरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खम्बजंग शाहको पहलमा पुर्व साँसद तथा समाजसेवी शाहले एम्बुलेन्स पठाएका हुन् । चालक र गाडीको मर्मत खर्च शाह आफैले ब्यहोर्नेछन् भने गाडीको इन्धन खर्च विरामीले ब्यहोर्नु पर्नेछ । नेपालगञ्ज लिएको अन्य एम्बुलेन्सले भाडा कम्तिमा १० हजार लिने गर्दछन् । तेल खर्च एक पटकमा चार,पाँच हजारले पुग्ने चालकको भनाई छ । एम्बुलेन्स सेवाले विपन्न वर्गका नागरिकलाई सहयोग पुग्नेछ ।
एम्बुलेन्स नहुँदा जटिल खालका विरामी नेपालगञ्ज तथा सुर्खेत लैजान समस्या भएपछि मेरै पहलमा पुर्वसाँसद शाहले एम्बुलेन्स पठाइदिएको वडाध्यक्ष शाहले बताए । सोमवार नै सदरमुकाम खलंगा आइपुगेको एम्बुलेन्स वडाध्यक्षकै प्रत्यक्ष निगरानी र निर्देशनमा संचालन हुनेछ । एम्बुलेन्स सेवा चाहिए वडाध्यक्ष शाहको मोबाइल नम्बर ९८४८१३६०७७, काँग्रेस नेता वेदराज सिंहको मोबाइल नम्बर ९८५१००७६७१ , अर्का नेता तेजविक्रम शाहको मोवाइल नम्बर ९८६८११७७७७ र चालक हेमराज महताराको मोवाइल नम्बर ९८६९९७७५८५ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।