April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

छेडागाडमा २२ जनाको पिसिआर परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको छेडागाड नगरपालिकामा २२ जनामा कोरोनाको पिसिआर परिक्षण गर्दा २० जनामा संक्रमण देखिएको छ । प्रमुख प्रशासकिय अधिकृत झलक केसी सहित नौ जना नगरपालिकाका कर्मचारी र पाँच जना शिक्षकमा कोरोना पोजेटिभ भएको हो । कोरोना पोजेटिभ हुने अन्य स्थानिय बासिन्दा हुन् । उनीहरु सवैको होम आइसोलेशनमा उपचार भैरहेको र आफ्नो अवस्था सामान्य रहेको प्रमुख प्रशासकिय अधिकृत केसीले बताए ।

हाल जिल्लामा संकास्पदलाई मात्र परिक्षण गर्ने गरिएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या सोमवार सम्म तीन सय नाघेको छ । जिल्ला भर तीन सय सात जना सक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयका महामारी पोकल ब्यक्ति कृष्णबहादुर खत्रीका अनुसार ५७ जनाले कोरोना जितेका छन् । १४ जना जिल्ला अस्पतालको आइसोलेशनमा छन् । ८ जनालाई जिल्ला बाहिर रिर्फर गरिएको छ । एक जनाको मृत्यु भएको छ । संक्रमण भित्र भित्रै जिल्ला भर फैलिएको भएपनि परिक्षणको दायरा नबढाईएको स्थानियको गुनासो छ ।

स्थानिय प्रशासनले लकडाउन गरेपनि गाँउघरमा मानिसहरुको आवागमन रोकिएको छैन । खासमा लकडाउनको बेला सक्रिय संक्रमित पहिचान गर्ने, संक्रमितलाई अलग गराउने, कन्ट्रयाक टे«सिङ्ग गर्ने र परिक्षणको दायरा बढाउनु पर्ने हो तर झारा टार्ने बाहेक गंभिर रुपमा परिक्षणलाई तिव्रता दिन नसकेको पत्रकार महासंघका जिल्ला अध्यक्ष बालकुमार शर्माले बताए । ‘कोरोना नियन्त्रण र रोकथाममा सम्बन्धित निकाय गंभिर देखिएनन् । यस्तो तालले जति लकडाउन गरेपनि संक्रमण फैलने दर रोकिदैन’ उनले भने ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad