जाजरकोटमा कोरोना संक्रमितको संख्या २०९ पुग्यो, छैन पुर्वतयारी

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँँ भेरिएन्ट सहितको संक्रमणको दोस्रो चरण शूरु भएयता जाजरकोटमा कोरोना संक्रमित हुनेको संख्या दुई सय नौ पुगेको छ । तीन जनाले कोरोना भाइरस विरुद्धको लडाँइ जितेका छन् । सोमबार गरिएको परिक्षणबाट थप १२ जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या दुई सय नाँघेको हो ।

जिल्लामा दुई साता यता ६ सय ४६ जनामा गरिएको एन्टिजेन परिक्षणबाट दुई सय नौ अर्थात ३२ दशमलब ३५ प्रतिशतमा संक्रमण देखिएको हो । परिक्षणको दायरा बढाइएको छैन । संक्रमण देखिएकाको कन्ट्रयाक ट्रेसिङ्ग गरिएको छैन । परिक्षण गरिएका मध्य करीव एक तिहाइमा संक्रमण देखिएपनि जिल्लामा तयारीको अवस्था हेर्दा निराशाजनक अवस्था देखिएको छ, नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले भने–‘स्थानिय तह सँग प्रतिकार्य योजना नै छैन भने जिल्ला अस्पतालमा समेत भेन्टिलेटर सहितको उपचारको ब्यवस्था हुन सकेको छैन । अस्पतालमा रहेका भेन्टिलेटर आवश्यक दक्ष जनशक्तिको अभावमा प्रयोग विहिन भएर थन्किएका छन् । जटिल खालका विरामी देखिए जिल्लामा उपचार हुने संभावना छैन ।’

भेरी नगरपालिका ४ शान्तिचौतारामा सोमवार २६ जनामा गरिएको परिक्षणबाट ७ जनालाई कोरोना संक्रमण पुष्टी भएको वडाध्यक्ष खम्ब जंग शाहले बताए । जुनीचाँदे गाउँपालिकामा सोमबार २२ जनालाई गरिएको परिक्षणबाट २ जनालाई कोरोना पुष्टी भएको हो ।
त्यसैगरी, बारेकोट गाउँपालिकाको लिम्सामा ३ जनालाई गरिएको परिक्षणबाट २ जनालाई कोरोना पुष्टी भएको बारेकोट स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख वीरराज सिंहले बताए । त्यसैगरी छेडागाड नगरपालिकाको मनघाटमा सोमबार १ जनालाई गरिएको परिक्षणबाट १ जनालाई नै कोरोना पुष्टी भएको हो । जिल्लाका विभिन्न ठाउँमा ५२ जनामा गरिएको परिक्षणबाट १२ जनालाई कोरोना पुष्टी भएको हो ।
भेरी आधारभूत विद्यालयमा नौ जना, त्रिभुवन माविको स्रोत केन्द्र भवनमा दुई जना र अस्पतालको आइशोलेसनमा ७ जना बिरामीलाई राखेर उपचार भईरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अन्य संक्रमित भने घरमै आइसोलेशनमा रहेका छन् ।

जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि आगामी बैशाख २५ गते सम्मका लागि लकडाउन गरिएको छ । लकडाउनका कारण यातायात, शिक्षण संस्था, सरकारी कार्यालय, वित्तिय संस्था, पसल तथा ब्यवसाय सवै ठप्प छन् ।

यसैवीच, नेपाल रेडक्रस सोसाइटीले भेरी आधारभूत विद्यालयमा कोरोना संक्रमितलाई सरसफाइ सामग्री, फलफुल, कम्बल लगायतका सामग्री वितरण गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad