April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

बहिनीको घर बनाउन गएका युवक मारिए, हत्यामा संलग्न पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

बहिनीको घर बनाउन गएका बारेकोट गाँउपालिकाका एक युवक कुशे गाँउपालिकामा मारिएका छन् । बारेकोट गाँउपालिका ४ जिरी सार्की टोलका २५ बर्षका टकेन्द्र सार्कीको कुटपिट पछि ज्यान गएको हो । टकेन्द्रलाई कुटपिट गरि हत्या गरेको आरोपमा कुशे गाँउपालिका ९ चौराठा बस्ने २३ बर्षका राजेन्द्र सुनार पक्राउ परेका हुन् ।

बहिनीको घर बनाउन कुशे गएको बेला उनीलाई कुटपिट गरिएको थियो । कुटपिट पछि घाइते भएका टकेन्द्रलाई नेपालगञ्ज लिने क्रममा आइतवार बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा कुशे ९ चौराठाकै जल्लप सार्की समेत घाइते भएका थिए । उनको अवस्था सामान्य छ । घटनापछि फरार रहेका सुनारलाई सोमवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख मधुकुमार थापाले बताए । उनले घटनाबारे थप अनुसन्धान भैरहेको बताएका छन् ।

बारेकोट गाँउपालिका वडा नम्बर ४ का वडाध्यक्ष सिर्जना बस्नेतले घटनाको सत्यतथ्य छानवीन गरि दोषीलाई हदै सम्मको सजायको माग गरेकी छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad