माया घर्ती । जाजरकोट
जाजरकोटमा घोरेटो बाटो निर्माणका लागि ढुङ्गा निकाल्ने क्रममा भिरबाट लडेर एक मजदुरको मृत्यु भएको छ । जुनीचाँदे गाँउपालिका ११ का ५० बर्षिय सकरे बस्नेतको मृत्यु भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको मेसु लमरा घोरेटो बाटो निर्माणका लागि ढुङ्गा निकाल्ने क्रममा भीरबाट लडेर उनको घटना स्थलमै ज्यान गएको गाँउपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्यले प्रवाहलाई बताइन । उनले सकरेको मृत्युमा दुख्ख ब्यक्त गदै दिवंगत आत्माको चिरशान्तीको कामना सहित श्रदान्जली प्रकट गरेकी छन् ।