April 17 - 2024, Wednesday४ बैशाख २०८१, मंगलवार

जाजरकोटमा एक सय ४४ जनामा कोरोना संक्रमण

माया घर्ती
जाजरकोट १९, बैशाख
जाजरकोटमा १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । चार सय ७१ जनामा गरीएको एन्टिजेन परिक्षणबाट एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जाजरकोटका महामारी फोकलपर्सन कृष्ण खत्रीले जानकारी दिन्ु भएको छ ।

भेरी नगरपालिका वडा नम्बर ७ को स्याउलीबजारमा शनिबार ४६ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट १६ जनालाई कोरोना पुष्टी भएको खत्रीले बताउनु भयो । स्याउलीबजारमा गरिएको परिक्षणबाट कोरोना पुष्टी भएका १६ जना संक्रमितहरु भेरी नगरपालिका ७ र ८ का बासीन्दा रहेका छन । संक्रमित हुनेहरुमा स्थानीय जनप्रतिनीधि, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, शिक्षक र सर्वसाधारण रहेका फोकलपर्सन खत्रीको भनाइ छ । कोरोनाको मुख्य लक्षण भनेको ज्वरो आउने, रुघाखोकी लाग्ने र विरामीलाई स्वास फेर्न गाह्रो हुने लक्ष्यण देखिएको छ । पिसीआर परिक्षण र सिरियस विरामीहरुको उपचार गर्न प्रदेश सरकारले सुर्खेतको कालागाउँमा रहेको प्रदेश अस्पताल, जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुमपश्चिमको चौरजहारीमा रहेको सामुदायिक अस्पतालमा बिशेष सामाग्री र औषधीलाई केन्द्रित गर्ने योजना बनाएको मुख्यमन्त्रि महेन्द्रबहादुर शाहीले बताउनु भएको छ ।
संक्रमितहरुलाई स्वास्थ्य कर्मीहरुको निगरानीमा होम आईसुलेसनमा राखेर उपचार गरिएको छ । होम आईसुलेसनमा रहेका बिरामीहरुलाई परिवारका अन्य सदस्यहरुसंगको सम्पर्कबाट टाढा राख्नुको साथै नियमित दुध, अण्डा, माछा, मासु जस्ता पोषणयुक्त आहार बिहार गर्न गराउन भेरी नगरपालिकाले आग्रह गरेको छ । होम आईसुलेसनमा रहेका बिरामीहरुले दैनिक योग तथा व्यायम गर्ने, धार्मिक तथा अध्यामिक प्रवचन सुन्ने, सुनाउने जस्ता प्रकृति चिकित्सा विधीलाई अबलम्बन गर्न भेरी नगरपालिकाद्धारा जारी गरिएको अपिलमा भनिएको छ–‘मध्यपान तथा धुम्रपानदेखी सबै बिरामीहरु टाढा बस्न अनुरोध छ । सवैलाई सचेत रहन आग्रह गरिन्छ । सिमा नाकामा कडाई गरिएको स्थानिय प्रशासनले जनाएको छ । स्थानिय प्रशासनले शनिवार राती देखि निषेधाज्ञा जारी गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad