जनक बोहरा । हाल जाजरकोट
तथ्याङ्क कार्यालय सुर्खेतमा कार्यरत म अहिले राष्ट्रिय जनगणना २०७८ को महाअभियान अन्तर्गत जाजरकोट जिल्लाको जिम्मेवारी लिएर केही महिनाका लागि जिल्ला सदरमुकाम खलंगामा अस्थायी कार्यालय स्थापना गरेर काजमा खटिएको छु । यसैवीचमा कोरोना महामारीको कहर विश्वभर फैलिरहेको छ ।
पछिल्लो चरणमा नेपालमा पनि दुतगतिका साथ कोराना संक्रमण फैलिरहेको छ । कोरोना महामारी विच पनि सरकारले जनगणनाका कामकाज नरोकि अगाडी बढाउने निर्णय गरेको छ । मलाई राज्यले सुम्पेको जिम्मेवारी कसरी कुशलतापुर्वक पुरा गर्ने भन्ने कुराको ब्यवस्थापनमा ब्यस्त भएकै बेला नेपालगञ्जमा रहेका मेरा जीवनका साहारा श्रीमति विरामीको खवरले मलाई निकै तनाव बनायो । ज्वरो आउने टाउको दुख्ने, रुघाखोकी लगायतका लक्ष्यण देखिएको छ । तपाइलाई फुर्सद हुन्छ भने आउनुहोला भन्ने श्रीमतिको टेलिफोन सन्देशले दिनभर मलाई सोचमग्न बनाइरह्यो । ज्वरो नथामिएपछि मैले कोरोना महामारीको संक्रमण फैलिरहेको छ परिक्षण गर्नु भनेर भने । उनले पिसिआर परिक्षण गराइन । रिपोर्ट के आउला म टाढा छु । यदि पोजेटिभ आयो भने कसरी ब्यवस्थापन गर्लान । आमाछोरी मात्र छन् । यस्तै कुरा मनमा खेलिरहे दिनभर । उनी स्वास्थ्यकर्मी पनि हुन् ।
बैशाख १४ गते अफिसकै काममा ब्यस्त थिए । मोबाइलको घण्टी बज्यो । मोवाईल हेरे । श्रीमतिको फोन थियो । मेरो ढुकढुकी निकै बढ्यो । जुनकुराको आशंका थियो त्यही कुरा भैदियो । ‘मलाइ पोजेटिभ देखियो’ रुन्चे स्वरमा श्रीमतिले बोलेर फोन राखिदिइन । म निकै आत्तिए । अव के गरौ । यता जनगणनाको तयारीका लागि सुपरिवेक्षकको तालिम कार्यक्रम तय भैसकेको थियो । प्रशिक्षक म आफै थिए । तर पनि सुख दुःखको साथी श्रीमति जीवनमरणको दोसाँधमा भएको बेला मैले साथ र सहयोग गर्न सकिन भने जीवनभरको पछुतो रहने छ भन्ने सोचेर माथिल्लो निकायमा सवै कुरा अवगत गराए । विदा मागे । विदा पाइएन । संजोग पनि त्यस्तै पर्यो बैशाख ११ गते सहायक जिल्ला जनगणना अधिकारी टेक बहादुर घर्तीको श्रीमति कोरोना संकर्मण भई नेपालगन्जमा कडा लक्षणहरु देखिएपछि उपचारको व्यवस्था गर्न उहाँलाई त्यता पठाईयो । त्यसपछि २०७८ बैशाख १४ गते खलंगामा रहेको स्थानिय जनगणना कार्यालयका स्थानिय जनगणना अधिकारी मोतिराम भण्डारी स्वयम कोरोना संक्रमित भई घरमा नै आईसोलेसनमा बस्नु पर्ने भयो । दुई जना कर्मचारी कार्यालयमा नभएको र तालुकदार अफिसले समेत कार्यालय छोडेर जान मिल्दैन भनेपछि जिम्मेवारीबाट पनि पन्छिन सकिन । आफु आउन नसक्ने अवस्था बारे श्रीमतिलाई सम्झाए । उनले पनि मेरो बाध्यता बुझिन होला भन्ने लागेको छ । तर पनि मनमा कता कता आफैलाई आत्मग्लानी भैरहेको छ ।
‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ संचालन हुने १२ औँ जनगणना २०७८ का सम्पुर्ण कार्यहरु सफलता पुर्वक सम्पन्न गर्ने गरि २०७७ चैत्र १ गते देखि नै कार्यालय स्थापना गरि जिल्लामा गर्नु पर्ने सम्पुर्ण व्यवस्थापकिय कार्यहरु गर्दै जिल्ला स्तरमा तिव्र गतिमा काम हुदै आएका छन् । सम्पुर्ण स्थानिय तह सँग समन्वय लगायतका कार्यहरु सम्पन्न भए । केन्द्रिय तथ्याङ्क विभागले सर्टलिष्ट गरेका सुपरिवेक्षकहरुको प्रमाणपत्रहरु छानविन गर्ने काम सम्पन्न भई सर्ट लिष्टमा योग्यता नपुगेका व्यक्तिहरुलाई हटाउदा समेत दबावको सामना गर्नु पर्यो सुपरिवेक्षकहरुलाई अन्तिम सुचि निकाल्ने काम भयो ।
बैशाख १४ गते नै प्रमुख जिल्ला अधिकारी ज्यूको अध्यक्षतामा जिल्ला जनगणना समन्वय समितिको वैठक सम्पन्न भयो र उक्त वैठकले नेपाल सरकारले थप निर्णय नगर्दा सम्म राष्ट्रिय जनगणना २०७८ का गतिविधिहरु स्वास्थ्य मापदण्ड प्रयोग गरि निरन्तर गर्ने निर्णय गरियो माथिबाट कुनै निर्णय नभएका कारण सुपरिवेक्षकहरु फोन सम्पर्क गरि तालिम हुन्छ कि हुदैन भन्दा कुनै जवाफ दिन सकिएन । गृह मन्त्रालयबाट जनगणनाका गतिविधिहरु स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग गरि गर्ने भनेपछि १५ गतेको जिल्ला कोभिड ब्यवस्थापन समितिको वैठकले १८ गते राति १२ वजेबाट लकडाउन गर्ने निर्णय गर्यो ।
उता नेपालगन्जमा बस्ने मेरी श्रीमति ३ दिन पहिले देखि टाउको दुख्ने ज्वरो आउने खोकी लाग्ने र स्वास फेर्न गारो हुने लक्षण सहित विरामी भएको जानकारी भयो र परिक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आयो त्यस पछि मेरो श्रीमतिलाई कडा लक्षण देखिए पछि के गर्ने के नगर्ने भनि अन्योलमा रहे यता कार्यालयका कर्मचारी नै सक्रमित उता घरमा श्रीमति र सँगै छोरी पनि भएकोले दुवै जना ज्यान नै जोखिम भएको दिमागमा झलझली आईरह्यो । श्रीमतिलाई कता भर्ना गर्ने छोरीलाई के गर्ने भन्ने सोचीरहे र यता राष्ट्रिय जनगणना २०७८ लाई सम्पन्न गर्न १६ गतेबाट सुपरिवेक्षकको तालिम गराउनु पर्ने थियो । तालिम दिने जिल्लामा म एक जना मात्रै छु तिन वटा समुहमा सहजिकरण गर्नु पर्ने लगायत तालिमको व्यवस्थापकिय कार्यहरु गर्नु पर्ने दोहरो तनावका विच श्रीमतिलाई हेरचाह गर्न जाने की जनगणना तालिम गर्ने तनाव हुदै गयो अन्तिममा राज्यले दिएको जिम्मेवारी भएकोले तालिम प्रशिक्षक कोहि नभएपछि अन्तिममा तालिमलाई निरन्तरता दिने निर्णयमा पुगे । श्रीमतिलाई र छोरीलाई भगवानले नै रक्षा गर्छ भन्ने निष्कर्षमा पुगे र श्रीमति र छोरीको अनुहार दिमागमा झलझली आउदा पनि तालिम चलाउन बाध्य भए मैले यसरी जोखिम मोलेर तालिम गर्दा सहायक जनगणना अधिकारी श्रीमति उपचारकै क्रममा भएपनि तालिम तिनवटा कक्षा भएकोले सहजिकरण गर्न नसकिने भए पछि तत्काल आउनु भयो र एउटा कक्षा तथ्याङ्क कार्यालय सुर्खेत बाट काजमा ल्याएका खरिदार उमेश कुमार कार्कीले पाईलट जनगणना गरेको अनुभवको आधारमा सन्चालन गरेपछि सहज भयो यसरी यस्तो माहामारिका विच परिवारका सवैसदस्यहरु संक्रमित हुदा पनि सहयोग गर्न नसक्ने अवस्था भएता पनि राज्य प्रतिको कर्तव्य पनि हो भन्ने ठानि तालिम कार्यक्रम निरन्तर सन्चालन गरिरहेको छु मैले यति गरि रहदा मेरो श्रीमति र छोरीले मलाई परिवार प्रति गैर जिम्मेवार भनि बुझ्ने छैनन् भन्ने विश्वास छ । मेरो परिवारलाई घरमै डेरा गरि बस्ने एक जना बहिनीले खाना लगायतका कुरामा सहयोग गरिरहेकी छन् । उनलाई धेरै धेरै धन्यवाद छ । घरमै अक्सिजन सिलिन्डर राखेर उपचार भैरहेको छ । दुई दिन निकै गाह्रो भएपनि अहिले उनको अवस्थामा सुधार आएको छ । तन मन सवै नेपालगञ्जमा रहेका श्रीमति र छोरी प्रति भएपनि भगवान पुर्कादै तालिम चलाइरहेको छु ।
(लेखक जिल्ला जनगणना कार्यालय जाजरकोटका प्रमुख हुन ।)