जाजरकोटमा जनगणना सम्बन्धि अन्तर्क्रिया

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

 

आउँदो बैशाख २६ गतेदेखी तपाईको घर घरमा जनगणनाका लागी कर्मचारी आउने छन् । मुलुकको तथ्यपरक विकास निर्माण लगायत सम्पुर्ण भौतिक पुर्वाधार निर्माणका लागी सहयोगी जनगणना राष्ट्रिय अभियानलाई सार्थक बनाउन आम नागरिकहरु तथा सरोकारवालाहरु सचेत बन्नुपर्ने जिल्लामा आयोजित जिल्ला स्तरीय सचेतना कार्यक्रममा बताईएको छ ।

जनगणना कार्यक्रमलाई नै लक्षित गरेर जिल्ला जनगणना कार्यालय जाजरकोटको आयोजनामा राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमाजिल्ला स्थित सरोकारवालाहरुको उपस्थितिमा जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावलले राष्ट्रिय अभियान भएकोले यसलाई सफल बनाउन सम्पुर्ण क्षेत्रबाट योगदान हुनु पर्ने कुरा बताए । सबै मिलेर अगाडी बढेमा मात्र अभियान सफल बनाउन सकिने उनको भनाई थियो । जनगणनामा छुटेमा जिल्लाको हरेक योजना निर्माण तथा विकासमा समस्या पुग्ने उनको भनाई रहेको छ ।

मेरो गणना मेरो सहभागीता भन्ने मुल नाराका साथ १२ औ राष्ट्रिय जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । देश संघीयतामा गएपछि पहिलोपटक जनगणना हुन थालेको हो । नेपालमा व्यवस्थित र प्रणालीगतरुपले जनगणना गर्न वि सं १९६८ देखी सुरु भएको थियो । नेपालमा प्रत्येक १०/१० बर्षमा जनगणना गर्ने गरिन्छ । जिल्लामा जनगणना कार्यको लागी ६४ जना सुपरिवेक्षक र २४० जना गणक आवश्यक पर्ने  जिल्ला जनगणना कार्यालय जाजरकोटका प्रमुख जनक बहादुर बोहराले जानकारी दिए ।

गणकले तथ्याङ्क संकलन गर्नुभन्दा पहिले सुपरिवेक्षकले घरपरिवार सर्वेक्षण गर्नेछन् । सुपरिवेक्षकहरुले २०७८ साल बैशाख २६ देखी जेठ १४ गतेसम्म घरपरिवार सुचिकरण गर्नेछन् । जनगणनाको मुख्य काम घरमा पुगेर गणकहरुले जेठ २५ गतेदेखी असार ८ गतेसम्म गणना गरिने भएको छ । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइने भएको छ । यसका लागी अनलाईन मार्फत फर्म भरेकाबाट छनौट गरिने भएको छ । करामा लिने जनशक्ति केन्द्रले नै छनौट गर्ने भएको हो । यसअघि जिल्लाबाट नै छनोट गर्ने गरिएको थियो । अघिल्ला जनगणनामा शिक्षकहरुलाई परिचालन गरिने गरेकोमा यस बर्ष करारमा जनशक्ति भर्न गर्न थालिएको हो । शिक्षकहरुलाई खटाउँदा पढाईमा समेत समस्या पर्ने भएको भन्दै सरकारले करारमा जनशक्ति लिन थालेको बताईएको छ । बेरोजगारलाई रोजगारी प्रदान गर्न सकियोस् भनेर करारमा लिन थालिएको कुरा प्रमुख बोहराले बताए । यसले धेरै शिक्षित भए पनि बेरोजगार भएकालाई रोजगार दिन सकिने उनको भनाई रहेको थिथो । साथै सुपरिवेक्षकको सर्टलिष्ट आईसकेको र अन्तिम नतिजा केही दिनमा प्रकाशित गर्ने प्रमुख बोहराले जानकारी दिए ।

कार्यक्रम जिल्ला जनगणना समन्वय समितिका अध्यक्ष एवंम प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा भएको थियो ।कार्यक्रमको विषयबस्तुका बारेमा जनगणना कार्यालयका प्रमुख बोहराले जानकारी गराएका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad