रोटरी क्लब द्धारा विद्यालयमा शैक्षिक सामग्री वितरण

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

रोटरी क्लव सेन्ट्रल लुम्बिनीले जाजरकोटको एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । रोटरीको स्याटलाईट क्लव जाजरकोटसँगको सहकार्यमा विश्व प्राथमिक बिद्यालय रातामाटाचौर जाजरकोट मा चार लाख बरावरका शैक्षिक सामग्री वितरण गरिएको हो । क्लब द्धारा कम्प्युटर, स्कुल ड्रेस, बेन्चहरु खेलकुदका सामाग्रीहरु, कापी कलमका साथै प्रौढ शिक्षा को लागि २३ जना लाई सोलार लाईट बितरण गरिएको रोटरी स्याटलाईट क्लब जाजरकोटका अध्यक्ष तेजविक्रम शाहले बताए ।

क्लबका जिल्ला अध्यक्ष तेज बिक्रम शाहको सभापतित्व र जिल्ला समन्वय समितीका संयोजक मन बहादुर रावलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोटरी क्लब सेन्ट्रल लुम्बिनीका अध्यक्ष हिराबहादुर शाहले विपन्न बालबालिकालाई पठनपााठनमा सहयोग पुगोस भनेर सामाजिक सेवाभावले शैक्षिक सामग्री सहयोग गरिएको बताउनुभयो । शैक्षिक सामग्री पाएपछि विद्यार्थी र विद्यालय परिवार निकै खुसी भएका छन् । विद्यालयले क्लबका पदाधिकारीलाई मायाको चिनो प्रदान गदै धन्यवाद प्रकट गरेको थियो ।

छेडाचौरमा स्थानियलाई माक्स समेत बितरण गरिएको थियो । त्यस्तै सुर्खेत को बोटेचौर भित्रि जङ्गल को राउटे बस्तिमा खाद्यान्न साथै साबुन बितरण गरिएको छ । सामग्री पाएपछि राउटे मुखिया मन बहादुर शाही सहयोग गर्ने सवैलाई धन्यवाद दिए । कार्यक्रममा रोटरियनहरु ईन्जिनियर राजेस ढकाल , बासु बडाल, पृयाबन्दु न्यौपाने, धर्मबिर शर्मा, बिना भन्डारी, दिपक पान्डे, खुस्बु चौधरी, कृष्ण गुरुङ लगायतको सहभागिता रहेको थियो ।

यसैविच, रोटरी स्याटलाईट क्लव जाजरकोटको कार्यालय समेत स्थापना गरिएको छ । भेरी नगरपालिका ३ पिपलडाँडामा क्लबको कार्यालय उद्घाटन समेत गरिएको हो । रोटरी क्लब सेन्ट्रल लुम्बिनीका अध्यक्ष हिराबहादुर शाह, जाजरकोटका अध्यक्ष तेज बिक्रम शाह र वडाध्यक्ष खम्ब जङ्ग शाहले सयुक्त रुपमा रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad